Prakash Adhikari June 1, 2021

 

काठमाडौं, १८ जेठ । प्रतिनिधिसभाको दोस्रो विघटनको राजनीतिक पाटोको पर्दाहरु धेरै उघ्रिना बाँकी छन् तर यसले न्यायिक प्रणालीलाई पनि अछुतो रहन दिएन ।

प्रतिनिधिसभाको विघटन सम्बन्धमा परेका रिट निवेदनहरुले नेपालको न्यायिक धरोहर सर्वोच्च अदालतमा हुर्कदै गरेका थरिथरी चरित्र उदांगो पारिदिएको छ ।

ती मुद्दाहरुको सुनुवाईको क्रममा रिट निवेदकका तर्फबाट बहस गर्ने वकिलहरुले यसै मुद्दासंग अन्तरसंबन्धित मुद्दाहरुमा फैसला गर्नुभएका न्यायाधीशहरु यसको सुनुवाईमा बस्न नहुने माग गरेपछि सबै मुद्दाको प्रारम्भिक सुनुवाई नै नसकिंदै मंगलबार इजलासबाट परस्पर बाझिएको राय सार्वजनिक भएका छन् ।

इजलासमा रहनुभएका तर यी मुद्दासंग अन्तरसम्बन्ध देखिएका कुनै पनि मुद्दाको विगतको सुनुवाई नगर्नुभएका न्यायाधीश द्धय दीपककुमार कार्की र डा.आनन्दमोहन भट्टराईले आफुले फैसला गरेका कारण सिर्जना भएर आउने मुद्दामा अलग रहने परम्परा रही आएकोले सहकर्मीहरुले त्यसको पालना गर्नुपर्ने उल्लेख गर्दै, इजलाशको निश्पक्षता र विश्वसनीयतामा न्यायिक समुदायकै प्रतिरक्षी वकिलहरुले प्रश्न उठाएकोले यो इजलासमा रहेर न्याय दिन नसकिने ठहर गर्दै आफूलाई वर्तमान संवैधानिक इजलासबाट अलग गर्नुभएको छ । उहाँहरुको निष्ठा,इमान्दारी,कार्य क्षमता र न्यायिक चरित्रमा कसैले प्रश्न उठाएको थिएन ।



तर आश्चर्य जसका बारेमा न्यायिक समुदायकै प्रतिरक्षी वकिलहरुले प्रश्न उठाउनुभयो, उहाँहरुले भने आफूहरु बेञ्चबाट अलग हुने आँट गर्न सक्नुभएन ।

प्रारम्भिक सुनुवाई नसकिदै मंगलबार चार जना न्यायाधीशका तीन थरी राय सार्वजनिक हुन पुगे ।

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*