Prakash Adhikari June 1, 2021

काठमाडौं, १८ जेठ । विवेकशील साझा पार्टीका पूर्व संयोजक उज्जवल थापाको निधन भएको छ ।

आज दिउँसो ४ बजेर २५ मिनेटमा उहाँको मेडिसिटी अस्पताल नख्खुमा उहाँको निधन भएको हो ।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पूर्व संयोजक थापाको निधन भएको  जानकारी गराउनुभएको हो ।

वैकल्पिक राजनीतिक शक्तिको सोंच लिएर निराश नेपालीहरुको बीचमा उदाउनुभएका युवा राजनीतिकर्मी,समाजसेवी तथा उद्यमी थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने स्वदेश तथा विदेशका लाखौ नेपालीहरु उहाँको आत्माको चीर शान्तिको कामना गर्दै उर्हाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

Share Now

Leave a comment.