Prakash Adhikari February 19, 2018

काठमाडौं, ७ फागुन । आगामी मार्च ४ देखि जिम्बावेमा शुरु हुने सन् २०१९ को आइसीसी एकदिवसीय विश्वकपको छनौट खेलका लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

पारस खड्काको कप्तानीमा रहेको राष्ट्रिय क्रिकेट टोलीको अन्य सदस्यहरुमा ज्ञानेन्द्र मल्ल, आरिफ शेख, सन्दीप लामिछाने, ललित भण्डारी, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, शक्तिप्रसाद गौचन, अनिलकुमार साह, रोहितकुमार पौडेल, शरद भेषावकर, ललित नारायण राजवंशी, बसन्त रेग्मी, सोमपाल कामी र करण केसी रहेका छन् । त्यसैगरी वैकल्पिक खेलाडीहरुमा बिनोद भण्डारी, सुनिल धमला, किशोर महतो र सिद्धान्त लोहनी रहेका छन् ।

जिम्बावेमा हुने २०१९ एकदिवसीय बिश्वकप छनौट प्रतियोगितामा नेपालसंगै समूह बी मा अफगानिस्तान, जिम्बाब्बे, स्कटल्याण्ड र हंङकङ रहेका छन् । प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो पहिलो खेल आयोजक जिम्बावे बिरुद्द मार्च ४ तारीखमा खेल्ने छ । त्यस्तै दोस्रो खेल ८ मार्चमा स्कटल्याण्डविरुद्ध खेल्नेछ भने तेस्रो खेल मार्च १० मा अफगानिस्तान तथा अन्तिम खेल मार्च १२ मा हङकङसँग भिड्ने छ ।

Share Now

Leave a comment.