काठमाडौं, २६ आषाढ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल क्रियाशील छानविन समितिको कार्यालयमा पुगेर क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिनुभएको छ ।
क्रियाशिल सदस्यता छानविन समितिले काम गरिरहेको तिलगंगा स्थित नेपाल भारत मैत्री धर्मशाला पुगेर पौडेलले क्रियाशील छानविन समितिले गरिरहेको कामका बारेमा जानकारी लिनुभएको हो ।
वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता छानविन समितिले गरेको काम प्रशंसनीय भएको भन्दै समयमा नै टुंगो लगाउन निर्देशन दिनुभएको थियो ।
क्रियाशील छानविन समितिका प्रवक्ता प्रदीप पौडेलका अनुसार वरिष्ठ नेता पौडेलले तोकिएको समयमा पार्टीको १४ औं महाधिवेशन गराउने कामको पहिलो जिम्मेवारी क्रियाशील सदस्यता छानविन समितिको काँधमा रहेको समेत बताउनुभएको थियो ।