Prakash Adhikari July 10, 2021

काठमाडौं, २६ आषाढ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीको आगामी महाधिवेशनाट नेपाली कांग्रेसको नेतृत्व नयाँ पुस्तामा सर्ने बताउनुभएको छ ।

न्यूज एजेन्सी नेपालले लिएको एक अन्तर्वार्तामा उहाँले पार्टी नेतृत्व हस्तान्तरण हुने बेला आइसकेकाले अबको पार्टी संस्थापक परिवारको दोस्रो पुस्ताबाट हुने बताउनुभयो । उहाँले पार्टीको नेतृत्व वीपी पुत्र आफू स्वयंं, महेन्द्रनारायण निधि पुत्र विमलेन्द्र निधि र लौह पुरुष गणेशमान सिंह पुत्र प्रकाशमान सिंहमध्ये एक जनाले लिने ठोकुवा पनि गनुृभयो।

उहाँले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले यो अधिवेशनबाट अभिभावकको भूमिका निर्वाह गर्ने पनि बताउनुभयो।

पार्टीका सबै कार्यकर्तालाई समान ढंगले ब्यबहार नगरेर आफ्नो र अर्को पक्षको भनी पक्षपात गरेको कारण निर्धारित समयावधिभन्दा बढी समय काम गर्दा पनि सभापति देउवा पार्टीभित्र र आम देशबासीका बीचमा लोकप्रिय बन्न नसक्नुभएको उहाँको टिप्पणी छ ।

उहाँले हाल भैरहेको नेता पुत्र त्रयको भेटघाटले नेपाली कांग्रेसमा नयाँ तरंग ल्याएको बताउदै यो भेटघाट गुट उपगुटको अन्त्य गरि पार्टीलाई एकढिक्का बनाई सहमतिका साथ सभापतिको उम्मेदवार चयनका लागि आवश्यक वातावरण बनाउने कार्यमा केन्द्रित रहेको उल्लेख गर्नुभयो।

उहाँले यो भेटघाटको अग्रसरता पार्टीका उपसभापति विमलेन्द्र निधिले लिनुुभएको उल्लेख गर्न कुनै कन्जुस्याइ नगरी भन्नुभयो, उहाँको बैबाहिक सम्बन्धको ३५ बर्ष भएको थियो। त्यो दिन प्रकाशमान सिंह र मलाई बोलाउनुभयो। दोश्रो पटक मेरैमा मिटिङ गर्यौं र तेश्रो पल्ट प्रकाशमान जीको मा।

हाम्रो भनाई के थियो भने, हामी पनि एकै ठाउँमा उभिनुपर्यो। सभापतिका लागि हामी ३ जना मध्ये कोही लड्छ भने ठिकै भयो। हामी मध्ये एकता हुनुपर्यो भन्ने कुरा आयो। यसमा धेरै कुराहरु छन्।

उहाँले निधिले छाडेमा नयाँ संकेत आउने, नेता पुत्र त्रयबाट सहमतिले एकजना लड्ने वातावरण तयार पार्ने र रामचन्द्र तथा शेखरलाई मिलाएपछि नेपाली कांग्रेसको नेतृत्व पुस्तान्तरण हुन कुनै समय नलाग्ने पनि बताउनुभयो ।

उहाँले सहमतीको लागि ३ जनाबाट ५ जना गर्ने ५ जनाबाट ७ जना गर्ने र सबै एउटै सुत्रमा बाधिएर सभापति देउवालाई चुनौती दिइने पनि बताउनुभयो ।

कांग्रेस महामन्त्रले अहिले नेपाली कांग्रेसको दुर्दशा भएको बताउदै पार्टीलाई नेपालको सबैभन्दा ठूलो र लोकतन्त्र तथा जननिर्वाचित संविधानसभाले बनाएको संविधानको रक्षा र कार्यान्वयन गर्न सक्षम पार्टी बनाउनु पर्ने आवश्यकता पनि औल्याउनुभयो ।
कांग्रेस महामन्त्री डा.कोइरालाले नेतापुत्र त्रयबीचमा वार्ताबाटै सहमती खोजिने र पार्टीलाई वैकल्पिक नेतृत्व खोज्ने समूहबाट एक जनामात्र उम्मेवार उठाउन हरसंभव कोशिस गरिने पनि बताउनुभएको छ ।

कांग्रेस महामन्त्री कोइरालाले सभापति देउवा उमेरका कारण र राज्य सञ्चालनमा पटकपटक अवसर पाएर पनि कुनै चमत्कार गर्न नसकेकोले अभिभावक बन्न उचित हुने बताउनुभयो भने वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि देशले सामना गरिरहेका समस्याहरुको समाधानमा कुनै चमत्कार देखाउन नसक्नुभएको र युवा पुस्तालाई आकर्षित गर्ने कार्यक्रम नभएकोले उहाँले अभिभावकीय जिम्मेवारी ग्रहण गर्दा पार्टी पुनः पहिलो स्थानमा उक्लिने पन िबताउनुभयो ।

पार्टी संगठन र नेतृत्व परिवर्तनको विषयमा गत निर्वाचनमा पार्टी पराजित भएपछि बोल्न आँट नगरेको र धार्मिक स्वतन्त्रताको विषयमा पटक पटक बोलेको बारेमा सोधिएको प्रश्नमा उहाँले भन्नुभएको छ , शेरबहादुरजी हाम्रो सभापति भएको बेलामा सम्पन्न तीन तहको निर्वाचनमा हाम्रो हार भयो । धेरैले उहाँलाई विरोध गरेँ। मैले भने डिफेण्ड गरें। उहाँको मात्रै गल्तीले हामीले चुनाव हारेको होइन । हामी पनि पदाधिकारीहरु हौ। हाम्रो पनि उत्तिकै गल्ती हो। मैले ढाल बनेर उहाँलाई धेरै सेभ गरे । मैले नै विरोध गरिदिएको भए त पार्टी छिन्नभिन्न भएर जान सक्थ्यो । त्यसैले म मौन रहे ।

धार्मिक स्वतन्त्रताको बारेमा उहाँले संविधान निर्माण कालको प्रसंग उप्काउदै भन्नुभएको छ, त्यो बेला मैले सुशीलदा लाई भनेँ ‘हेर्नुहोस् सुशील दा, यो वीपी कोइरालाले बनाएको पार्टी यो चारतारे झण्डामा एउटा तारा धर्म स्वतन्त्रताको प्रतीक हो।तपाईले धर्मनिरपेक्षता किन गर्दैहुनुहन्छ ? उहाँ हतारमा हुनुहुन्थ्यो। ५ ,७ दिन मात्रै बाँकी थियो। उहाँले भन्नुभयो ‘यो प्रेसर छ मलाई के गर्छस्। पछि यो चेञ्ज गरौंला ’। त्यो भनिसकेपछि मैले बोल्ने कुरा आएन। किनभने संविधान नै दिनुभएन भने त सुशील कोइराला पनि फेलियर भएर जानुहुन्छ।

उहाँले अन्तमा संविधान दिन त सफल हुनुभयो नि। यो त नेपाली कांग्रेसका लागि ठूलो उपलब्धि हो नि। त्यो उपलब्धि पनि जान सक्ने संभावना देखेँ। त्यसैले मैले धेरै प्रेसर गरिनँ उहाँलाई।

कांग्रेस सभापतिका आकांक्षी डा. कोइरालाले आफ्नो एजेण्डा पनि सतहमा ल्याउनुभएको छ । उहाँका अनुसार पार्टीलाई एकजुट बनाउने कुरा उच्च प्राथमिकतामा राखिने छ । त्यसपछिको प्रयास पार्टीको अहिलेको विधान परिवर्तन गर्नु हुनेछ । वीपी कोइरालाले सभापतीय पद्धतिमा जानुपर्छ अर्थात् सबैलाई चुनाव लड्न नदिएर केही सिटहरु चाहिँ मनोनित हुनुपर्छ भन्ने ढंगले बनाउनुभएकोले पार्टीलाई अनुशासित,एकताबद्ध र आवश्यक निर्णय लिन सक्ने बनाउन प्रेसिडेन्सियल सिस्टम अनुरुपको बताउने प्रयास हुनेछ ।

उहाँले नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति हैन वेस्ट मिनिस्टर सिस्टम नै उपयुक्त हुने पनि बताउनुभएको छ ।

Share Now

Leave a comment.