Prakash Adhikari July 11, 2021

काठमाडौं, २७ आषाढ । नेपालमा थप १ हजार ८ सय ३१ जनामा कोरोनाभाइरस सङ्क्रमण र २० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार जनाएको छ।

पछिल्लो २४ घण्टामा ९ हजार २ सय १८ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

तीमध्ये ३ हजार ६ सय ८३ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

कुल परीक्षणको झण्डै १९.८६ प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रालयको विवरण छ।

सो अवधिमा १ हजार ५ सय ३३ जना सङ्क्रमणमुक्त भएपछि निको भएका छन्।

यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै ६ लाख ९९ हजार नाघेको छ भने मृतकको सङ्ख्या ९ हजार ३ सय ८२ पुगेको छ।

परीक्षण

परीक्षण

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेल भन्नुहुन्छ, “अझै पाँच जनाको परीक्षण हुँदा १ जनामा सङ्क्रमण देखिएको छ।।।जोखिम कायमै छ।”

अहिले कुल २६ हजार १ सय ७३ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २ हजार ७ सय २ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

आइतवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ३ सय ९१ जना काठमाडौं उपत्यकामा रहेका छन्।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै भएको तथ्याङ्कले देखाउँछ।

मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ५ सय ९३ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १ सय ७५ जना भेन्टिलेटरमा छन्।

कतिले लगाए खोप ?

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या शनिवारसम्म १० लाख १७ हजार ५ सय ९६ पुगेको छ।

अहिलेसम्म नेपालमा कोभिशील्ड र भेरोसेल खोप मात्र वितरणमा आएका छन्।

खोप

खोप

कोभिशील्डको पहिलो मात्रा लगाएका झण्डै १३ लाख ६७ हजारले दोस्रो मात्रा लगाउन पाएका छैनन्।

स्वास्थ्य प्रवक्ता डा पौडेल थप्नुहुन्छ, “थप खोप आइरहंदा सुरुमा ६० देखि ६५ वर्षबिचका सबैलाई खोप दिएपछि ५५ वर्ष माथिकालाई दिइनेछ।”

त्यसपछि क्रमशः अन्य उमेर समूह र जोखिम समूहमा खोप वितरण गरिने उहाँले बताउनुभयो।

शुक्रवार नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले “आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी” कोभिड १९ को खोप निस्शुल्क उपलब्ध गराउन लागेको बताउनुभएको थियो।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले जोनसन एन्ड जोनसन कम्पनीको उक्त खोप सोमवार नेपाल आइपुग्ने आफ्नो फेसबुकमार्फत् जानकारी दिनुभएको छ।

केही समयदेखि अमेरिकाले एक मात्रा लगाए पुग्ने जोनसन एन्ड जोनसन खोप नेपाललाई दिन लागेको बताइएको थियो।

चीनको सिनोफार्म कम्पनीसँग गरिएको खरिद सम्झौता अनुरूप ४० लाख मात्रा कोभिड खोपमध्ये ८ लाख मात्रा शुक्रवार नेपाल ल्याइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

परीक्षण

भारतको अवस्था

भारतमा विगत २द्ध घण्टामा ४१ हजार ५ सय ६ नयाँ सङ्क्रमित थपिएका छन् भने ८ सय ९५ जनाले कोभिड जोडिएका घटनामा ज्यान गुमाएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै त्यहाँ अहिलेसम्म ३ करोड ८ लाखभन्दा धेरै सङ्क्रमित पुष्टि भएका छन्।

अहिलेसम्म ४ लाख ८ हजारभन्दा धेरैले कोभिडका कारण ज्यान गुमाएका छन्।

यतिखेर भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या झण्डै ४ लाख ५४ हजार छ।

भारतमा हालसम्म ३७ करोड ६० लाखभन्दा धेरैले कोभिड खोप लगाएका छन्।

पछिल्लो चौबिस घण्टामा मात्र त्यहाँ ३७ लाखभन्दा धेरैले कोभिड खोप लगाएका थिए।(बीबीसीबाट)

 

Share Now

Leave a comment.