Prakash Adhikari July 14, 2021

 

सातदोबाटो(ललितपुर), ३० आषाढ । राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिनुभएको छ् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३६ खेलाडी छनोट गर्नुभएको हो ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रारम्भिक बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई छनोट गरेको थियो ।

बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरव बुढाथोकी, मिक्छेन तामाङ, नीरज बस्नेत, निशान खड्का, प्रिजेन तामाङ, रवी पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदील राई रहनुभएको छ ।

बन्द प्रशिक्षणमा रहनुभएका खेलाडीमा अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजिव लोप्चन, रन्दिप पौडेल, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यु ठकुरी, तेज तामाङ र त्रिदेव गुरुङ रहनुभएको छ ।

साफ च्याम्पियनसीप आगामी सप्टेम्बर १४ देखि २५ तारिखसम्म बङ्गलादेशमा हुने तय भएकोमा बंगलादेशले आयोजना गर्न नसक्ने संकेत दिएकोले केही दिन अगाडि तात्कालीन प्रधानमन्त्री ओलीले त्रिदेशीय प्रतियोगिताका बिजेता खेलाडी सम्मान गर्न आयोजित कार्यक्रममा साफ नेपालमा नै आयोजना हुने र सो प्रतियोगिता जित्नुपर्ने बताउनुभएको थियो ।

एशियन कपको अन्तिम छनोट सन् २०२२ को फेब्रुअरीमा हुने भएको छ ।

Share Now

Leave a comment.