Prakash Adhikari July 22, 2021

काठमाडौं, ७ साउन। नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चयन हुनुभएको छ।

परिसंघको १८ औं वार्षिक साधारणभाबाट अग्रवाल अध्यक्षमा चयन हुनुभएको हो।

अग्रवाल यस अघि परिसंघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो। परिसंघमा पनि वरिष्ठ उपाध्यक्ष आउने निर्वाचनमा स्वतः अध्यक्ष हुने प्रावधान छ।

अध्यक्ष अग्रवालले यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसक्नुभएको छ भनेपरिसंघको पूर्वाधार विकास समितिको सभापति समेत भइसक्नुभएको छ ।

५० वर्षकै उमेरमा उद्योगी व्यवसायीहरुको संस्था परिसंघको अध्यक्ष हभएका अग्रवाल एमए डब्लु ग्रुप अफ कम्पनिजका प्रवन्ध निर्देशक हुनुहुन्छ।

एमए डब्लु इन्टरप्राइजेज, एमएडब्लु अर्थमुभर, एमएडब्लु इन्भेष्टमेन्ट कम्पनी, एमएडब्लु रेडि मिक्स कंक्रिट, एमएडब्लु इन्जिनियरिङ, भीआर होल्डिङ लगायतका दर्जन कम्पनीका चेयरम्यान रहनुभएका अध्यक्ष अग्रवाल पूर्व फुटबल खेलाडी समेत हुनुहुन्छ । उहाँ नेपाल सुपर लिगविजेता काठमाडौं रेजर्स फुटबल क्लबका प्रोमोटर पनि हुनुहुन्छ ।

नेपालका लागि चेक रिपब्लिकका अवैतनिक महावाणिज्यदूत अग्रवाल २१ वर्षकै उमेरमा व्यवसायमा संलग्न हुनुभएको थियो। सन् १९९२ मा उहाँले पारिवारिक व्यवसाय एमएडब्लुको बिक्री प्रमुखको रुपमा काम थाल्नुभएको थियो। सन् १९९९ मा उहाँले एमएडब्लुको औद्योगिक इक्विपमेन्ट डिभिजन सम्हाल्नुभएको थियो।

सन् २००३ मा हेभी इक्विपमेन्ट जेसिबीको नेपालको आधिकारिक बिक्रेता हुँदै स्कोडा, फिएट, जीप लगायतका गाडीको समेत आधिकारिक बिक्रेता बन्न सफल अग्रवालको कम्पनी भीआर होल्डिङ ले चेक रिपब्लिकको एलइटी जहाजको पनि नेपालको एजेन्सी लिएको छ।

३७ जना राष्ट्रिय परिषद सदस्य चयन

परिसंघको साधारणभाले ३७जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ।

राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुल कुमार अग्रवाल, सन्दिप कुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दीपक अग्रवाल, सुरज भक्त पौडेल, निर्वाणकुमार चौधरी, बिक्रम सिंघानिया, दीलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन हुनुभएको छ।

यसैगरी प्रतिष्ठान तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्र राज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मी प्रसाद सुवेदी, गुरु प्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, तारा प्रसाद पौड्याल र हितेश गोल्छा चयन हुनुभएको छ।

संस्थागत सदस्य समूह तर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्त बहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ।

 

Share Now

Leave a comment.