Prakash Adhikari February 26, 2018

हरारे(जिम्बाबे), १४ फाल्गुन ।आईसीसी एकदिवसीय विश्व कप छनौट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने नेपाली राष्टिय टीम कप्तान पारस खड्काको नेतृत्वमा आईतबार साँझ जिम्बाबे आइपुगेको छ ।

मार्च ४ देखि सुरु प्रतियोगिता सुरु हुने भएकोले आइतबार राति नै उद्घाटन समारोह तथा रात्री भोजको आयोजना गरिएको थियो

यस महत्वपूर्ण कार्यक्रममा सहभागी हुन नेपाली क्रिकेट टिम आइतबार साँझ जिम्बाबे पुगेको थियो।

इंग्ल्याण्डमा आयोजना हुने २०१९ एकदिवसीय विश्वकपमा १० टीम सहभागी हुनेछन् जसमध्ये ८ वटा टीमको टुंगो लागिसकेको छ भने बाँकी २ टीमको टुंगो विश्वकप छनौट प्रतियोगिताले लगाउनेछ।

प्रतियोगितामा नेपालले पहिलो खेल मार्च ४ तारिखमा घरेलु टोलि जिम्बावे बिरुद्द खेल्दै छ। यस्तै लिग चरणको दोस्रो खेलमा नेपालले ८ मार्चमा स्कटल्याण्डको सामना गर्नेछ। लिग चरणका अन्तिम दुई खेलमा नेपालले मार्च १० मा अफगानिस्तान र १२ मा हंगकंगको सामना गर्नेछ।

त्यस अघि नेपालले २ वटा अभ्यास खेल समेत खेल्नेछ। नेपालले भोलि २७ फेब्रअरीमा संयुक्त अरब एमिरेट्स (युएई) बिरुद्द अभ्यास खेल खेल्नेछ।

दोश्रो अभ्यास खेलमा १ मार्चमा नेपालले हंगकंगको सामना गर्नेछ।

सहभागी टिमहरु वेस्ट इन्डिज, जिम्बाबे, अफगानिस्तान, आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यु गिनी, हंगकंग, युएई र नेपाल

सहभागी १० राष्ट््रहरुलाई २ समुहमा विभाजन गरिएको छ जसअन्तर्गत नेपालको समुहमा अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हंगकंग रहेका छन्। उता डिभिजन २ को बिजेता युएई रहेको समुह “ए’” मा भने वेष्ट इण्डिज, आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी रहेका छन्।

नेपाली टिम – पारस खड्का, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति प्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, करन केसी, मोहम्मद आरिफ शेख, सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, ललित भण्डारी, रोहित कुमार पौडेल, अनिल कुमार साह र ललित राजबंशी

रमन शिवाकोटी ( टिम ब्यबस्थापक र टेक्निकल एनालिस्ट ) , जगत टमाटा (मुख्य प्रशिक्षक ) , दिनेश भट्ट ( फिजियो ) , सुबाश पत्रो ( ट्रेनर)
उमेश पटवाल (ब्याटिंग कन्सल्टेन्ट ) , सुरज शाक्य ( भिडियो एनालिस्ट )

आईसीसी बिश्वकप छनौटबाट उत्कृष्ट हुने २ टिम २०१९ मा इंग्ल्यान्डमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्न छनौट हुनेछ। आईसीसीले प्रतियोगितामा उत्कृष्ट ३ हुने एसोसिएट सदस्यले सन् २०२२ सम्मको लागि एकदिवसीय राष्ट््रको मान्यता पाउने बताइएको छ।

नेपालको खेल तालिका –

३ मार्च – जिम्बाबेसंग
८ मार्च – स्कटल्याण्डसंग
१० मार्च – अफगानिस्तानसंग
१२ मार्च – हंगकंगसंग

प्रतियोगिताको फर्म्याट

सहभागी हुने १० वटा टिमलाई २ समुहमा बिभाजन गरिएको छ। समुह चरणमा सबै टिमले एकअर्कासंग १(१ खेल खेल्नेछन् जसपछि दुवै समुहबाट उत्कृष्ट ३ हुने टिम सुपर-सिक्स चरण खेल्न छनौट हुनेछ। सुपर-सिक्स चरणमा एउटा टिमले ३ वटा खेल खेल्ने छ ( समुह चरणमा भेट नभएका टिमसंग मात्र )। समुह चरणमा पाएको अंक समेत सुपर सिक्स चरणमा जोडिनेछ (समुह चरणको अंक तालिकामा तलको २ स्थानमा रहेका टिमसंगको अंक बाहेक )।

सुपर सिक्स चरणपछि फाइनल पुग्ने उत्कृष्ट हुने २ टिम विश्व कप २०१९ खेल्न छनौट हुनेछन्।

सन् २०१७ सेप्टेम्बर ३० सम्म आईसीसी एकदिवसीय वरियतामा इंग्ल्याण्ड बाहेक उत्कृष्ट ७ टिम स्वतः छनौट हुने आईसीसीको ब्यबस्था अनुसार इंग्ल्याण्ड, अस्ट्रेलिया, बंगलादेश, भारत, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रीका र श्रीलंका बिश्वकप खेल्न छनौट भइसकेका छन्।

वरियतामा उत्कृस्ट ७ भित्र पर्न नसकेपछि यो पटक वेस्ट इन्डिज तथा जिम्बाबे जस्ता टेस्ट राष्ट््ले पनि बिश्वकप छनौट खेल्दैछन्। त्यसबाहेक नयाँ टेस्ट राष्ट् अफगानिस्तान, आयरल्याण्ड लगायत बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा उत्कृष्ट ४ भित्र पर्न सफल टिम नेदरल्याण्ड, स्कटल्याण्ड, हंगकंग र पपुवा न्युगिनी बिश्व कप छनौट खेल्नेछन्।

Share Now

Leave a comment.