Prakash Adhikari September 14, 2021

 

मस्कट(ओमान), २९ भाद्र । आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो दोश्रो सिरिजका क्रममा ओमान भ्रमणमा रहेको नेपाली टिमले ओमान र अमेरिकासंगको त्रिकोणात्मक सिरिज अन्तर्गत आज आथितेय मुलुक ओमानसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

नेपाली टोलीले ओमानमा नै पपुवा न्युगिनीसंगको एकदिवसीय श्रृखला जितेको र आइसीसी विश्वकप लिग त्रिकोणात्मक सिरिज अन्तरगतको पहिलो खेलमा अमेरिकालाई जितेर मनोबल उच्च बनाएको बेला उनीहरुको हौसला बुलन्द हुने अर्को खबर आएको छ । नेपाल आईसीसी बरियताक्रममा आतिथेय मुलुक ओमानलाई पछि पार्न सफल भएको छ ।

आज डे नाइट खेल नेपाली समय बेलुका ४ः१५ बजे सुरु हुँदैछ। लिग २ अन्तर्गत नेपाल र ओमान तेश्रो पटक प्रतिस्पर्धा गर्नेछन्।

सिरिजको सुरुवात अमेरिकालाई ५ विकेटले पराजित गर्दै गरेको नेपालले ओमानलाई निराश पर्दै लिग २ अंकतालिकामा माथि चढ्ने चाहना राखेको छ ।

आइसीसी बरियतामा नेपालले ओमानलाई उछिन्यो

ओमान भ्रमणमा लगातार तिन वटा एकदिवसीय अन्तर्राष्ट्रियमा जित दर्ता गरेको नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी ) को एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा सुधार गरेको छ।

ओमान भ्रमण अघि १६ औं स्थानमा रहेको नेपाल एक स्थान माथि उक्लदै १५ औं स्थानमा पुगेको छ। यस क्रममा नेपालले ओमानलाई पछि पारेको हो। १५ औं स्थानमा रहेको ओमान एक स्थान तल झर्दै १६ औं स्थानमा पुगेको छ।

नेपालले ओमान भ्रमण अन्तर्गत पपुवा न्यु गिनीलाई दुई वटा एकदिवसीय अन्तर्राष्ट्रियमा पराजित गर्न सफल रह्यो भने विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत पहिलो खेलमा सोमबार अमेरिकालाई ५ विकेटले पराजित गर्यो।

एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल भन्दा अघि एसोसिएट राष्ट्रमा नेदरल्याण्ड ११ औं र स्कटल्याण्ड १४ औं स्थानमा रहेको छ। ओमान १६ औं, युएई १७ औं, नामिबिया १८ औं, अमेरिका १९ औं तथा पपुवा न्यु गिनी १९ औं स्थानमा रहेको छ।

टि २० अन्तर्राष्ट्रिय वरियतामा नेपाल १३ औं स्थानमा रहेको छ जुन एसोसिएट राष्ट्रहरुमा सबैभन्दा उच्च वरियता हो।

 

Share Now

Leave a comment.

Your email address will not be published. Required fields are marked*