Prakash Adhikari September 18, 2021
kushal and Flop Batsman

मस्कट(ओमान), २ असोज । आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानमा भैरहेको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको शुक्रबार भएको खेलमा नेपाल अमेरिकासंग ६ विकेटले पराजित हुन पुगेको छ।

अल अमिरात क्रिकेट मैदानमाा टस हारेर ब्याटिड.को निम्तो पाएको नेपालले दिएको १ सय ७५ रनको लक्ष्य अमेरिकाले मात्र २९.३ ओभरमा मात्र ४ विकेटको क्षतिमा हासिल गर्यो ।

लक्ष्य पछ्याउने क्रममा सन्दिप लामिछानेले इनिंग्सको पाँचौ ओभरमा सुशान्त मोदानी र करिमा गोरेको विकेट लिंदै दबाब बनाएका थिए। तर त्यसपछि डेब्यु गरेका बलर गुल्सन झा महँगो सावित हुँदा अमेरिकाले लय पायो। ओपनर स्टेभेन टेलरले आक्रामक ब्याटिंग गर्दै नेपाललाई खेलमा हावी हुन दिएनन्। २२ रनमा २ विकेट गुमाएपछि टेलरले मोनाक पटेलसंग तेश्रो विकेटको लागि ९७ रनको साझेदारी गरे।

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउन ८ रनले चुकेका टेलरलाई २० औं ओभरमा करन केसीले क्याच आउट गर्दै नेपाललाई खेलमा फर्काए। टेलरले ६३ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै ९२ रन बनाए। लगत्तै करनले संजय कृष्णमूर्तिलाई पनि क्याच आउट गराए।

तर मोनाक पटेल र जस्करन मलहोत्राले पाँचौ विकेटको लागि ५६ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याए। पटेलले अविजित ३८ तथा मलहोत्राले अविजित ३६ रन बनाए।

नेपालको बलिंगमा सन्दीप लामिछाने र करन केसी ले समान २ विकेट लिए। डेब्यु गरेका फास्ट बलर गुल्सन झा सहित सोमपाल कामी र सुशन भारी विकेटविहिन रहे। गुल्सन झा महँगो सावित हुने क्रममा ३ ओभरमा ३१ रन खर्चिए।

यस अघि टस हारेर ब्याटिंग गरेको नेपालले ४८ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो।

नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले करियरको तेश्रो एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउने क्रममा १ सय ५ बलमा ३ चौका प्रहार गरे। उनले ९१ बलमा अर्धशतक पूरा गरेका थिए। ओपनर कुशल भुर्तेलले ३६, गुल्सन झाले २८, करन केसीले १२ तथा सन्दिप लामिछानेले ११ रन बनाए। ज्ञानेन्द्रले कुशल भुर्तेल र गुल्सन झासंग दोश्रो र पाँचौ विकेटको लागि ५१ रनको साझेदारी गरे। गुल्सन झा आउट भभएपछि नेपालले ६ विकेट गुमाउदा जम्मा ३४ रन जोड्यो।

अमेरिकाको बलिंगमा कप्तान सौरभ नेत्रभाल्करले सर्वाधिक ४ विकेट लिए डेब्यु गरेका अमेरिकी बलर कायल फिलिपले ३ विकेट करिमा गोर, एल्मोर हचिन्सन र नोस्थुस केंजिगेले समान एक एक विकेट लिए।

नेपालले भर गरेका ओपनर कुशल भूर्तेल र आसिफ शेख तथा मध्यम क्रमका ब्याट्सम्यान रोहित पौडेल मैदानमा टिक्न नसकेपछि नेपाल एक दिवसीय खेलमा टी २० जतिको पनि रन जोडन असफल रह्यो । ब्याट्सम्यानहरु चाडो आउट भएपछि त्यसको दवाव बलरहरुलाई पर्छ । आफ्नो दक्षता नभएको ब्याटिड.मा ऊर्जा खर्च गरेका बलरहरु जब तुरुन्तै बलिड.मा उत्रन पर्छ, उनीहरुको प्रदर्शन पूर्ववत रहदैन । ओमानसंगको पहिलो र अमेरिकासंगको दोस्रो खेलमा नेपाली खेलाडीहरुमा यो कमजोरी देखिएको छ ।

यसलाई हटाउन आशा गरिएका कुशल भूर्तेल, आशिफ शेख, रोहित पौडेललाई मैदानमा टिकाउन प्रशिक्षकले मन्त्रदान गर्नुपर्ने देखिएको छ भने मध्यमक्रममा पनि दक्ष खेलाडीलाई स्थान दिनुपर्ने देखिएको छ ।

आलोचकहरुले कप्तान ज्ञानेन्द्र मल्लको न्यानो माया पाएका कुशल मल्ल,सोमपाल कामी र विनोद भण्डारीको प्रदर्शन स्तर सोचे अनुरुपको भएको देखिएको छैन । शरद भेषवाकर जस्ता खेलाडीलाई बेञ्चमा राखेर राखेर अवसर दिइएका खेलाडीहरुले खेललाई राष्ट्रिय प्रतिष्ठाको रुपमा हैन जम्माजम्मी रोमाञ्चक भ्रमणको रुपमा मात्र हेरेको आरोप लागेको छ । उपकप्तान दीपेन्द्र सिंह ऐरी घाइते भएर मैदानमा उत्रन नसक्नुको पीडा पनि नेपाली क्रिकेट टोलीले भोगिरहेको छ ।

ओमानसंगको आगामी खेलमा नेपालका प्रशिक्षक र कप्तानले खेलमा गर्दै आएको प्रदर्शनको आधारमा खेलाडी चयन गरी मैदानमा उतार्ने हो र ब्याट्सम्यानहरु छक्काको लोभमा नपरी चौकाबाट खेल जित्ने रणनीति लिएर मैदानमा बढी टिक्ने हो भने बलरहरुले विकेट झार्न कुनै कसर नराख्ने देखिन्छ ।

ओमानलाई उसकै मैदानमा हराएर उच्च मनोबलका साथ नेपाल फर्कनका लागि नेपाली टिमका बीचमा खुला परामर्श हुनुका साथै खेल प्रशिक्षक र क्याप्टेन निश्पक्ष रहन जरुरी छ । खेल समीक्षकहरुले सही सुझाव दिने हो र छक्काको लोभमा लड. सट हान्दा क्याच आउटको जोखिमबाट जोगाउने हो भने बाँकी खेलमा नेपालले विजय पाउन सक्छ ।

सिरिज अन्तर्गत नेपालले आगामी सेप्टेम्बर १९ तारिखमा ओमानसंग अर्को खेल खेल्ने छ।

शुक्रबारको नतिजापछि विश्वकप लिग २ मा १५ वटा खेलमा सातौं जित दर्ता गर्दै अमेरिका १४ अंक सहित अंकतालिकामा दोश्रो स्थानमा यथावत रहेको छ।

हारपछि नेपाल ७ खेलमा ३ जित र ४ हार पछि ६ अंक सहित छैठौं स्थानमा रहेको छ। नेपालभन्दा तल पपुवा न्युगिनी मात्र रहेको छ ।

Share Now

Leave a comment.