काठमाडौं । सिभिल बैंकका संस्थापक सेयरधनीले हकप्रद सेयर खरिद गरेनन् । ठुलो संख्यामा हकप्रद सेयर बिक्री नभएपछि बैंकले लिलामी गर्न लागेको छ ।
बैंकको संस्थापक र सर्वसाधारण गरी ४२ लाख ३८ हजार ९५८ कित्ता हकप्रद सेयर लिलामी हुन लागेको हो । संस्थापक समूहतर्फ ३२ लाख ४४ हजार ६ र सर्वसाधारणतर्फ ९ लाख ९४ हजार ३५८ कित्ता हकप्रद सेयर बिक्री हुन सकेन ।
हकप्रद खरिदको बोलपत्र पेश गर्ने अन्तिम मिति चैत १ गते राखिएको बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।
बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गरेको थियो ।
मंसिर २२ देखि पुस २७ सम्म हकप्रद बिक्री खुला गरेको सेयर बिक्री नभएपछि बैंकले माघ १२ गतेसम्म समय थप गरिएको थियो ।