Prakash Adhikari February 28, 2018

 

सिउल(दक्षिण कोरिया),१६ फागुन । कोरिया सरकारले कोरियामा कार्यरत स्वदेशी तथा विदेश िमजदुरको लागि हप्तामा ५२ घण्टाभन्दा बढी काम गर्न नपाउने नयां नियम गर्ने भएको छ ।

परिवर्तित नियमले साना तथा मझौला कम्पनीहरुमा कार्यरत मजदुरहरुलाई मर्कामा पार्नेछ ।

यसभन्दा पहिला उनीहरुले हप्तामा ६८ घण्टा सम्म काम गर्न पाउथे ।

श्रम तथा बातावरण मन्त्रालयको बिधेयक मंगलवार कोरियाको राष्ट्रिय सभाबाट पारित भएसंगै मजदुरको काम गर्ने समयावधि घटेको हो ।

संशोधित नियम ३ सय जनाभन्दा धेरै कामदार रहेको कम्पनीमा यहि जुलाईदेखि लागू हुनेछ भने ५० देखि २ सय ९९ जनासम्म कामदार भएको कम्पनीमा सन् २०२१ देखि लागू हुनेछ ित्यस्तै ५० जना भन्दा कम कामदार भएको कम्पनीमा भने यो नियम २०२२ देखि मात्र लागू गर्न रोजगारदाताहरु मञ्जुर भएको श्रम मन्त्रालयले बताएको छ ।

परिबर्तित नियमले श्रमिककको अतिरिक्त काम गर्ने समय घटाउने छ िहप्तामा ४० घण्टा बेसिक काम गर्ने समायाबधि हो भने नयाँ नियम अनुसार हप्तामा १२ घण्टा मात्र अतिरिक्त काम गर्न पाउनेछन ।

कम्पनीमा कार्यरत मजदुरको जीवनस्तर उकास्न तथा कम्पनीहरुलाई पर्न जाने अतिरिक्त आर्थिक भारलाइ कम गर्न सो नियम लागु गरेको बताइएको छ ।

यो नियमले ३ सय जना भन्दा कम कामदार भएका कम्पनीहरुलाई ८।६ ट्रीलियन कोरियन वनको अतिरिक्त आर्थिक भार कम हुन जाने आर्थिक विश्लेषकहरु बताउछन ।

ठूला कम्पनीहरुले अतिरिक्त समयले थप आर्थिक भार पारेको भन्दै गत बर्ष नै काम गर्ने समय घटाउन माग गरेका थिए ।

Share Now

Leave a comment.