Prakash Adhikari October 28, 2021

काठमाडौं,  ११ कात्तिक  । आइसिसी वुमन्स टी-२० विश्वकप प्रतियोगिताका लागि एसियाली छनौट खेल्ने नेपाली राष्ट्रिय टिम घोषणा भएको छ। अर्को महिना युएईमा हुने छनौट खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले रूबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम बनाएको हो।

टिममा डली भट्ट, सीता रानामगर, करूणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डेय, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र सङ्गीता राई छन्। सरस्वती जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई वैकल्पिकमा राखिएको छ।

दशैंलगत्तै भएको बन्द प्रशिक्षणमा सहभागी खेलाडीहरूबाट राष्ट्रिय टोली घोषणा गरिएको हो।

मंसिर ४ देखि १० सम्म हुने आइसिसी वुमन्स टी-२० विश्वकपको एसियाली छनौटमा नेपालले घरेलु टोली युएई, भुटान, कुवेत, हङकङ, मलेसियासँग प्रतिष्पर्धा गर्नेछ।

Share Now

Leave a comment.