भरतपुर(चितवन),१९ फागुन। नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापतिले संसदीय मोर्चामा अधिक समय दिन नसक्नेभएकोले संसदीय दलको नेतामा फरक व्यक्ति उपयुक्त हुने बताएका छन् ।
भरतपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता थापाले उनले सको कुरा बताएका हुन् ।
उनले दुई तिहाई बहुमत पुर्याउन लागेको कम्युनिष्ट सरकारसँग संसद्भित्र भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा समय दिन नसक्ने विचार व्यक्त गरे ।
विपक्षी दलको भूमिका अहिले गुण र दोषका आधारमा सरकारलाई सहयोग र विरोध मात्रै नभएर संविधानको मर्मअनुसार सरकार चल्यो कि चलेन भनेर त्यसको निगरानी गर्ने काम पनि भएको बताए ।



















