Prakash Adhikari March 5, 2018

काठमाडौं, २१ फागुन । पाकिस्तानी प्रधानमन्त्री साहिद खकान अब्बासी काठमाडौं आइपुगेका छन्।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री युवराज खतिवडाले स्वागत गरेका छन् ।
विमानस्थलपछि उनलाई होटल ह्यातमा लगिएको छ ।

कहीबेरको विश्रामपछि उनलाई सैनिक मञ्च टुँडिखेलमा लगेर गार्ड अफ अनर दिइने कार्यक्रम छ।

टुँडिखेलमा गार्ड अफ अनर पाउने पहिलो विदेशी पाहुना अब्बासी हुनेछन्।

उनलाई पाँच बजेपछि सैनिक मञ्चमा सेनाको एक टुकुडीले सलामी दिने कार्यक्रम रहेको छ ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीलाई गार्ड अफ अनर दिने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनेछन्।

यसअघि विदेशी पाहुनालाई त्रिभुवन विमानस्थलमा गार्ड अफ अनर दिने चलन थियो।

गार्ड अफ अनरमा समकक्षी जानुपर्छ।

विदेशी पाहुना आउँदा गार्ड अफ अनर दिन हाम्रा राष्ट्रपतिरप्रधानमन्त्री विमानस्थल जानु व्यवहारिक नहुने भएकाले सरकारले सैनिक मञ्च टुँडिखेलमा गार्ड अफ अनर दिने निर्णय गरेको हो।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नेछन्।

ओलीले अब्बासीको सम्मानमा रात्रीभोज आयोजना गरेका छन्।
प्रधानमन्त्री अब्बासीले राष्टपति विद्यादेवी भण्डारीसंग पनि भेट गर्ने कार्यक्रम छ । उनी भोलि स्वदेश फर्कने छन् ।

Share Now

Leave a comment.