Prakash Adhikari December 15, 2021

 

काठमाडौं, २९ मंसिर । नेपाल क्रिकेट संघले राष्ट्रिय टिमका कप्तानमा सन्दीप लामिछाने ल्याउने घोषणा गरेको छ ।

संघले साविक कप्तान ज्ञानेन्द्र  मल्ल उपकप्तान दीपेन्द्र सिंह ऐरी, खेलाडी द्धय सोमपाल कामी र कमलसिंह ऐरीलाई खेलाडी आचारसंहिता उल्लंंघन गरेकोमा अनुशासनको कारबाही गरेको छ ।

संघका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जारी गर्नुभएको विज्ञप्तिमा जनाइए अनुसार चारै जना खेलाडीहरुलाई सन २०२२ को प्रथम ६ महिनासम्म कुनै पनि सेन्ट्रल कन्ट्याक्टमा सहभागी नगराइने निर्णय भएको छ ।

साविक कप्तान मल्लसहित ४ जना खेलाडीले अनुशासन उल्लंघन गरेको समाचार सार्वजनिक भएपछि क्यानले छानवीन समिति गठन गरेको थियो । समितिले खेलाडीहरुले अनुशासन उल्लंघन गरेको ठहरसहित कारबाहीका लागि सिफारिस गरेपछि आज बसेको संघको बोर्ड बैठकले कारबाही गर्दै नयाँ कप्तान नियुक्ति गरेको हो ।

आज बसेको बोर्ड बैठकले राष्ट्रिय टिमको बन्द प्रशिक्षण डिसेम्बर २१ देखि पोखरामा गर्ने निर्णय गर्नुका साथै नेपाल प्रशिक्षण संघलाई मान्यता प्रदान गर्ने निर्णय गरेको छ ।


त्यस्तै संघका पूर्व उपाध्यक्ष नरेशकुमार श्रेष्ठलाई संघको सल्लाहकार समितिको सदस्यमा नियुक्त गर्ने निर्णय पनि भएको छ ।

Share Now

Leave a comment.