Prakash Adhikari December 15, 2021

काठमाडौं, २९ मंसिर । नेपाल क्रिकेट संघ (क्यान)ले यही डिसम्बर २३ देखि युएईमा हुने एसीसी यू–१९ पुरुष एसिया कप क्रिकेटको लागि नेपाली टिमको घोषणा गरेको छ ।

क्यानले बुधबार देव खनालको कप्तानीमा १५ सदस्सीय टिम घोषणा गरेको हो । टिमको उपकप्तानमा शेर मल्ल छन् ।

यस्तै टिममा टिपेश कँडेल, विवेक यादव, गुलशन झा, विवेक राना मगर, सन्तोष कार्की, आदिल अन्सारी, तिलक राज भण्डारी, अर्जुन कुमाल, वासिर अहमद, दुर्गेश गुप्ता, प्रमाश जैसी, अर्जुन साउद र राहुल भण्डारी छन् ।

समूह बीमा रहेको नेपालले डिसेम्बर २३ मा बंगलादेशसँग पहिलो खेल खेल्नेछ ।

Image

 

Share Now

Leave a comment.