काठमाडौं २९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा पूर्णबहादुर खड्का अगाडि देखिनुभएको छ भने उहाँलाई विजय गच्छदार र धनराज गुरुड.ले पछ्याइरहनुभएको छ ।
३५५८ मत गन्दा पूर्णबहादुर खड्काले १६३४ मत हासिल गर्नुभएको छ भने विजयकुमार गच्छदारले १४४३, धनराज गुरुङले १४३७ र चन्द्र भण्डारीले १२५७ मत पाउनुभएको छ ।
सुजाता कोइरालाले ४३८, महेश आचार्यले ४१३ र दिव्येश्वरी साहले १७२ मत पाउनुभएको छ ।
नेपाली कांग्रेसमा महाधिवेशनले दुई जना उपसभापति निर्वाचित गर्ने वैधानिक व्यवस्था छ ।


















