Prakash Adhikari December 29, 2021

काठमाडौं, १४ पौष । कर्पोरेट क्षेत्रमा भएका असल कार्य,गतिविधि र प्रक्रियालाई प्रोत्साहन गर्नका लागि द अवार्ड फर कर्पोरेट एक्सलेन्स(एसीई) र द अवार्ड फर डिस्टिड.गुइज सर्भिसेज(एडीएस) कार्यक्रम आयोजना गरिने भएको छ ।

आयोजक संस्था कर्पोरेट क्लब नेपाल प्रा.लि.ले बुधबार राजधानीमा पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार दुवै अवार्ड पुस २३ गते(७ जनवरी)मा होटल सोल्टीमा आयोजना हुनेछ ।

नेपालको निजी क्षेत्रमा विगत केही दशक यता निकै राम्रा कामहरु भएकोले त्यस्ता काम गर्नेहरुलाई प्रोत्साहित गर्न यो कार्यक्रम गरिएको हो आयोजनक संस्थाका अध्यक्ष मोहन ओझाले भन्नुभयो ।

उहाँले विगतमा नेपालमा जनशक्तिलाई कदर गर्ने परम्परा नभएकोमा जनसंशाधनलाई प्रोत्साहित गरी उत्पादन र उत्पादकत्व अभिबृद्धि गराउन एचआर मिट, एचआर कन्क्लेभ जस्ता कार्यक्रम धेरै संस्थाहरुले आयोजना गरिहेको जानकारी दिंदै ओझाले भन्नुभयो, “काम गर्ने व्यक्तिको पनि सम्मान गर्नुपर्यो र गरेको काम अर्थात सेवाले समाजलाई लाभ पुगिरहेको छ भने त्यस्तो विशिष्ट सेवालाई पनि सम्मान गर्नुपर्यो ।”

पत्रकार सम्मेलनमा कार्यक्रमका प्रायोजक शिभम सिमेण्ट्सका अध्यक्ष सुरेन्द्रकुमार गोयलले कर्पोरेट सेक्टर राम्रो बन्नका लागि यस क्षेत्रमा पनि उत्कृष्ट जनशक्ति चाहिने भएकोले उत्कृष्ट व्यक्तिहरुलाई प्रोत्साहित गर्न शिभ्म सिमेण्टले सहर्ष यो कार्यक्रमको प्रायोजक बन्ने प्रस्ताव स्वीकार गरेको बताउनुभयो ।

कार्यक्रमका अर्को प्रायोजक नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने कार्यले समाजमा राम्रा कामहरु बढ्दे जाने र नकारात्मक सोंचले समाजको अगाडि बढ्ने मार्ग बन्द हुने भएकोले राम्रा काम गर्नेलाई प्रौत्साहित गर्ने क्रममा नबिल बैंकले यो कार्यक्रमलाई प्रायोजन गरेको बताउनुभयो ।

उहाँले अहिले नेपालको बैंकिड. क्षेत्र राम्रो हुनुको पछाडि यस क्षेत्रले उत्तम जनशक्ति लिनु नै प्रमुख कारण रहेको बताउनुभयो ।

कर्पोरेट क्लब नेपालका अध्यक्ष ओझाले सम्मानित हुने व्यक्तिहरुको छनोेटको लागि ७ सदस्यीय जुरी निर्माण गरिएको र सो जुरीले पुरस्कृत हुने व्यक्तिहरुको चयनको लागि कार्यविधि निर्माण गरी सोमा सघाउन स्वतन्त्र अनुसन्धान संस्थामार्फत तथ्यांक आधारको माग गरेकोले फ्याक्ट्स नेपाललाई जुरीलाई चाहिएको तथ्यांक जुराउन चयन गरिएको पनि बताउनुभयो ।

उक्त निर्णायक मण्डलले रामो प्रकृया अपनाएर इस्टिच्युसनल एक्सिलेन्सी क्याटेगोरीमा ११, इन्डिभिजुअल एक्सिलेन्सी क्याटेगोरीमा २, इन्स्टिच्युसनल डिस्टिङगुइस्ड क्याटेगोरीमा २, इन्डिभिजुअल डिस्टिङगुइस्ड क्याटेगोरीमा १ र इस्टिच्युसन बिल्डरमा केही गरी जम्मा १७ ओटा विधामा १९ ओटा अवार्ड प्रदान गरिदै छ ।

कर्पोरेट क्लवले विभिन्न १७ विधामा १९ जनालाई सम्मानित गर्ने भएको छ । जुरीहरुले हरेक सेक्टरमा २० जना चयन गरी त्यसको घेरा सानो बनाउदै उत्कृष्ट तीन जनाको सूची कर्पोरेट नेपाललाई तीन दिन पहिले बुझाउने छन र त्यसको आधारमा विजयताको चयन गरिने छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा आयोजना गरिने कार्यक्रममा मनोनयनमा परेका विजेताहरुलाई सम्मानित गर्ने तयारी आयोजकहरुले गरेका छन् ।

कार्यक्रमलाई शिभम् सिमेण्ट्स, नबिल बैंकका अतिरिक्त निक, एनएलजी इन्स्योरेन्स, कृषि विकास बैंक,सूर्य, सिभास लागर,महालक्ष्मी विकास बैक, सोल्टी, पिकेएफ लगायतका संस्थाहरुले प्रायोजन गरेका छन् ।

Share Now

Leave a comment.