Prakash Adhikari January 6, 2022

काठमाडौं,२२ पौष । बिहीबार नेपालको शेयर बजार परिसूचक ४३.२९ अंकले उकालो लागेर २६९२.४७ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.१६ अंकले बढेर ५०६.१६ मा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार भएकामध्ये १ सय ६४ कम्पनीको सेयर उकालो लागे भने २३ कम्पनीको सेयर मूल्यमा गिरावट देखियो । बिहिबार ३ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।

कारोबार भएका १३ उपसमूहमध्ये उत्पादन ५.९८ र व्यापार १९.३५ अंकले ओरालो लागे भने बाँकी ११ उपसमूहको सेयर मूल्य भने उकालो लाग्यो ।
कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु १६ करोड ३७ लाख ६ हजार ६ सय ६८ बराबरको कारोबार भयो । एनआइसी एशिया बैक १४ करोड ५२लाख १९ हजार १ सय ४८, नेशनल माइक्रो फाइनान्स १० करोड ३६ हजार २सय५१, गरिमा विकास बैंक ९ करोड ३३ लाख ५९ हजार ७ सय ८७ र हिमालयन डिस्टिलरी ८ करोड ७७ लाख ९४ हजार ५ सय२३ बराबरको कारोबार भयो ।

यस्तै अरुण भ्याली हाइड्रो पावरको ८ करोड ७२ लाख ७८ हजार १७ को,नागरिक लगानी कोषको ८ करोड ५५ लाख २२ हजार ३ को, शिभम् सिमेण्ट्सको ८ करोड ५३लाख ६३ हजार १ सय ७३ रुपैयाको , नेपाल बैंकको ८ करोड ३७ लाख ३९ हजार ७ सय ५० रुपैयाको र नबिल बैंकको ७ करोड ५३ लाख ८० हजार ७४ रुपैयाको कारोबार भएको छ ।

बिहिबार नेपाल फाइनान्स, तेह्रथुम पावर र मध्यभोटेकोशीको शेयरमा सकारात्मक सर्किट लाग्यो । राष्ट्रिय बीमा कम्पनी ६.७४ र मैलुङ खोला जलविद्युत् परियोजनाको सेयरमा ६.५८ प्रतिशतको वृद्धि भयो ।

यस्तै, एनबिबिएल डिवेञ्चर २०८५, विशाल बजार कम्पनी,हिमालयन बैंकको डिवेञ्चर, एसबिएल डिवेञ्चर, माछापु्ुच्छ्रे बैंकको डिवेञ्चर, कुमारी इक्वीटी फण्ड, बोटलर्स नेपाल तराई, एनआईसी डिबेञ्चरमा भने सामान्य गिरावट देखिएको छ ।

 

Share Now

Leave a comment.