काठमाडौं, २२ पौष । संगीतकार टिका दाहालले नयाँ सांगीतिक सौगात ‘एकै नजरमा’को म्युजिक भिडियो दर्शकहरुमाझ ल्याउनुभएको छ ।
लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका संगीतकार दाहालका यसअघि पनि थुप्रै गीतहरु स्रोता माझ लोकप्रिय छन्।
उहाँको नयाँ गीतमा स्वर भोइस अफ नेपालको मञ्चबाट परिचित गायक बिक्की परियारको रहेको छ ।
प्रेमिल भाव बोकेको गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने संगीत संयोजन राहुल प्रधानको रहेको छ।
दोलखाको रमणीय स्थान कालिञ्चोक वरपर छायाँकन गरिएको भिडियोमा विकाश लामिछाने र बीना राउतबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।
बुद्ध थापाले खिचेको भिडियोलाई दिन्सन शाहले सम्पादन गर्नुभएको छ। केशव राज भट्टको निर्देशनमा बनेको भिडियो संगीतकार दाहालको आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत सार्वजनिक भएको हो।


















