Prakash Adhikari March 7, 2018

काठमाडौं, २३ फागुन । राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनीत तीन जना सांसदको शपथ ग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ।

यस मुद्दामा बुधबार भएको सुनुवाई पछि सर्वोच्च अदालतका न्यायाशीशद्य केदारप्रसाद चालिसे र शारदा घिमिरेको संयुक्त इजलाशले यसअघिको अन्तरिम अन्तरिम आदेश खारेज गरिएको निर्णय सुनाएका हुन् ।

तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारीशलाई रोकेर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको नयाँ सरकारको सिफारीश कार्यान्वयन गरिएकोले सो निर्णय कार्यान्वयन नगर्ने नगराउने माग दावी सहित परेको रीटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश प्रकाश राउतको एकल इजलासले शपथ ग्रहण रोक्न अन्तरिम आदेश दिएको थियो ।

सो अन्तरिम आदेशका कारण अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडा, रामनारायण बिडारी रडा. विमला पौडेलले राष्ट्रियसभाको सांसद पदमा शपथ लिन पाएका थिएनन्।

सर्वोच्चको पछिल्लो आदेशले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेका राष्ट्रियसभाका तीन जना सदस्यलाई शपथ गराउन बाटो खुलेको हो।

यस आदेशसँगै तीनै जना सांसदले शपथ ग्रहण गर्न पाउनुका साथै राष्ट्रपतिको निर्वाचनमा समेत भोट हाल्न पाउनेछन्।

तर यस मुद्दाको पूर्ण निरूपण भने संवैधानिक इजलाशबाट हुने भएको छ ।

Share Now

Leave a comment.