Prakash Adhikari March 8, 2018

काठमाडौं,२३ फागुन । यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनमा नपाली कांग्रेसका तर्फबाट कुमारी लक्ष्मी राई र बामगठबन्धनका तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेद्वारी दर्ता गराएका छन् ।

बुधबार बिहान बसेको नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भोजपुरकी राईलाई राष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।

रार्इको उम्मेद्वारीमा चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, पार्वती डिसी चौधरी, देवेन्द्र राज कणेल, सुरेन्द्रराज पाण्डे प्रस्तावक रहेका छन् भने सुजता परियाार, शिवचन्द्र चौधरी, सरिता प्रसार्इ, राधा घले, मेखलाल श्रेष्ठको समर्थक रहेका छन् ।

यता बाम गठबन्धनबाट आफ्नो दोश्रो कार्यकालका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बुधबार अपरान्ह उम्मेद्वारी दर्ता गरेकी छन् उनलाई मंगलबार राती अवेरसम्म बसेको एमाले स्थायी कमिटीको बैठकले राष्ट्रपतिमा उठाउने निर्णय गरेको थियो ।

भण्डारीको प्रस्तावकमा माधवकुमार नेपाल, भीम रावल, र्इश्वर पोखरेल, सुवास नेम्वाङ, ओनसरी घर्ती रहेका छन भने भानुभक्त ढकाल, रविन्द्र अधिकारी, गोकर्ण विष्ट र रामबहादुर थापा बादल समर्थक रहेका छन् ।

को कति योग्य

राष्ट्रपतिको उम्मेद्वारमा भोजपुरमा जन्मिएका दुई चेलीको उम्मेद्वारी परेपछि दुवै उम्मेद्वारको योेग्यता क्षमता र राजनीतिक योगदानको बारेमा चर्चा हुन लागेको छ ।

कांग्रेस नेतृ कुमारी लक्ष्मी राई दोस्रो संविधानसभामा समानुपातिकतर्फकी सभासद् थिइन् । राजनीतिक परिदृश्यमा निकै
पछि सक्रिय देखिएकी कुमारी लक्ष्मी कांग्रेसको पुरानो कार्यकर्ता हुन् ।

लक्ष्मीका पिता दिवानसिंह राई २०१६ साल वीपी कोइरालाको मन्त्रीमण्डलमा मन्त्रीसमेत बनेका थिए । दिवानसिंह २०१५ सालमा भोजपुरबाट निर्वाचन सांसद हुन् ।

दिवानसिंह पञ्चायतकालमा मोरङको वयरवनमा भएको झोडाकाण्डमा कम्युनिष्ट कार्यकर्ताको आक्रमणबाट मारिएका थिए ।

लक्ष्मीका पतिको नाम देवेन्द्रकुमार राई हो । उनीहरुका दुई छोरी र एक छोरा छन् ।
२००६ साल बैशाख २१ गते भोजपुर छिनाम्खुमामा जन्मिएकी कुमारी लक्ष्मी राईले २०३० सालदेखि नेपाली कांग्रेसको राजनीति गरेकी हुन् । हाल भोजपुरको पोखरेमा बसोबास गर्दै आएकी लक्ष्मीको अस्थायी निवास काठमाडौंको बूढानीलकण्ठ हो ।

कुमारी लक्ष्मीले सेन्ट मेरिजबाट स्कुल शिक्षा सकेर त्रिविबाट अंग्रेजीमा स्नातकोत्तर गरेकी छिन् ।

२०१८ साल असार ५ गते भोजपुरको मानेभञ्ज्याड.मा जन्मिएको विद्यादेवी भण्डारीले ०३५ सालदेखि वाम राजनीति थालेकी हुन् ।

औपचारिक शिक्षामा भने विद्याले बिराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह सकेकी छिन् । एमालेका पूर्व नेता मदन भण्डारीसंग बैवाहिक जीवनमा बाँधिएकी विद्या २०५०सालमा दासढुंगा दुर्घटनामा पतिको निधन भएपछि राष्ट््िरय राजनीतिमा आएकी हुन् ।

विद्यादेवी भण्डारीले यसअघि पटक(पटक सांसद र मन्त्रीको जिम्मेवारी सम्हालिसकेकी छिन् । उनी एमालेमा बरिष्ठ उपाध्यक्षसम्म बनिसकेकी नेतृ हुन् ।

Share Now

Leave a comment.