Prakash Adhikari January 13, 2022

काठमाडौं, २९ पौष । नेपालमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । बिहान देशका अधिकांश भूभागमा सामान्य बदली छ । प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहनेछ । शुक्रबार राति सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा 

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

जारी मिति: २०७८/०९/२९ बिहान ६:०० बजे

मौसम विश्लेषण (Meteorological Analysis)

हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। देशका अधिकांश भू-भागमा सामान्य बदली रहेको छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

 

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पौष २९ गते (बिहिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहने छ।

राती : देशभर आंशिक बदली रहने छ।

२०७८ पौष ३० गते (शुक्रबार)

दिउँसो : प्रदेश १ र प्रदेश २ मा सामान्य बदली था देशका अन्य भूभागमा आंशिक बदली रहने छ।

राती : सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७८ माघ ०१ गते (शनिबार)

दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती : प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours)

देशभर आंशिक देखि सामान्य बदली हुने सम्भावना रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन अनुरोध छ ।


शनिबार प्रदेश १ र बागमतीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।


तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin) (जारी मिति: २०७८-०९-२९ बिहान ०९:३० बजे)

 

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

 

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Fog/Cold wave Bulletin)

(जारी मिति: २०७८-०९-२९ बिहान ०९:३० बजे)

 

       हालको अवस्था (Present Weather Status) :

हाल देशको तराई भू-भागका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ।

बिहान ०८:४५ बजेको भू-उपग्रहबाट लिइएको तस्विर :

 

 

 

तराईका केही ठाउँहरूका बिहान ८:४५ बजेको मौसमी अवस्था 

 

प्रदेश मौसम केन्द्र हिजोको

अधिकतम तापक्रम (°C)

हिजोको

न्यूनतम तापक्रम (°C)

आजको न्यूनतम तापक्रम (°C) पारदर्शिता

(Visibility) (m)

कैफियत
सुदूर पश्चिम धनगढी १९.५ १२.४ ११.५ ०४०० कुहिरो
लुम्बिनी नेपालगंज २२.५ १०.५ १२.६ १६०० हुस्सु
लुम्बिनी भैरहवा २२.१ ११.२ १०.० ३०००
प्रदेश २ सिमरा २०.० १२.० ११.६ १००००
प्रदेश २ जनकपुर २१.४ १४.५ १२.४ ०२०० कुहिरो
प्रदेश १ विराटनगर १९.८ १३.० १४.२ १००० हुस्सु

 

 

 

 

 

 

आगामी २४ घण्टाको आंकलन (Outlook for next 24 hrs.)

 

पश्चिम तराई एक- दुई स्थानमा हुस्सु/कुहिरो लागेको र मध्यान्ह पछि क्रमिक रुपमा सुधार हुदै जाने सम्भावना रहेको छ।
मध्य तराई एक- दुई स्थानमा हुस्सु/कुहिरो लागेको र मध्यान्ह पछि क्रमिक रुपमा सुधार हुदै जाने सम्भावना रहेको छ।
पूर्व तराई एक- दुई स्थानमा हुस्सु  लागेको र मध्यान्ह पछि क्रमिक रुपमा सुधार हुदै जाने सम्भावना रहेको छ।

 

         आगामी २४ घण्टा सम्मको चेतावनी तथा परामर्श

बिहानको समयमा देशका पश्चिमी र मध्य तराई भू-भागका एक- दुई स्थानमा हुस्सु/कुहिरो लागेको छ । पूर्वी तराई भू-भागका एक- दुई स्थानमा हुस्सु लागेको छ र मध्यान्ह पछि क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ। देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुन अनुरोध छ ।

नोट ‌:

क्षेत्र जिल्लाहरू
पश्चिम तराई कञ्चनपुर,कैलाली,बर्दिया,बाँके,दाङ,कपिलवस्तु,रूपन्देही, नवलपरासी-पूर्व, नवलपरासी-पश्चिम
मध्य तराई चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा
पूर्व तराई सिराहा, सप्तरी, सुनसरी, मोरङ, झापा

 

Share Now

Leave a comment.