Prakash Adhikari January 13, 2022

 

काठमाडौं, २९ पौष । देशको आर्थिक अवस्थाको ऐना मानिने शेयर बजार बिहिबार पुनः उकालो लागेको छ । यस दिन शेयर बजार परिसूचक ५४.१२ अंक बढेर २८५७.७५ विन्दुमा पुगेको छ।

नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। बुधबार ८ अर्बभन्दा बढीको शेयर कारोबार भएकोमा बिहिबार २ सय २४ कम्पनीको १ करोड १८ लाख ३४ हजार कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

साताको अन्तिम कारोबार दिन १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने अन्य उपसमूहको परिसूचक सामान्य घटेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.९ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लगानी, वित्त र लघुवित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने व्यापार, विकास बैंक, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन अपर तामाकोशी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ३४ करोड ३१ लाख ४३ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन अपि पावरको २३ करोड २३ लाख, नेपाल इन्फ्रास्ट्रक्चर बैंकका २२ करोड २९ लाखको र एचआईडिसीएलको २१ करोड ९४ लाखको भन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै हिमालयन डिष्टिलरीको १४ करोड ४९ लाखको अरुण भ्याली हाइड्रो पावरको १३ करोड ६१ लाखको ड.ादी ग्रुप पावरको १३ करोड ५२ लाखको, अरुण काबेलीको १३ करोड ३४ लाखको, छिमेक लघुवित्तको १२ करोड ५७ लाखको र नेशनल हाइड्रोको १२ करोड १२ लाख मूल्यको शेयर कारोबार भएको थियो ।

कारोबारमा आएको मध्य भोटेकोशीको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ३४ रुपैयाँ ४० पैसा बढेर ३७९ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन माउन्टेन हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। साताको अन्तिम दिन आइसीएफसी,रिडी हाइड्रो पावर,ड.ादी ग्रुप हाइड्रोपावर, अपर तामाकोशी, राँधी र गणपति माइक्रो फाइनान्सको शेयर मूल्य बढेको छ ।

यस दिन नबिल डिबेञ्चर,एनआईसी सेलेक्ट फण्ड, राष्ट्रिय बीमा कम्पनी, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नारायणी डेभलपमेन्ट बैंक, मैलुड.खोला जलविद्युत, लक्ष्मी बैंक लिं,मेगा म्युचुअल फण्ड, प्रभु सेलेक्ट फण्ड, सांग्रिला विकास र्बैक डिबेञ्चरको को शेयरमूल्य अरु कम्पनी र आफ्नो अघिल्लो दिनको कारोबार मूल्यको तुलनामा बढी घटेको छ ।

 

Share Now

Leave a comment.