काठमाडौं, २ माघ। नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) को २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
गत पौष ३० गते राजधानीमा सम्पन्न साधारण सभाले आर्थिक बर्ष २०७७र७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ।
बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पूँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाले सर्वसम्मत रुपमा पारित गरेको छ।
साधारण सभाले पारित गरेको बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख ७८ हजार १४ रुपैयाँ पुग्ने भएको छ।
बैंकको साधारणसभाले आव २०७८ । ७९ को लेखापरीक्षणका लागि प्रधान एण्ड शाक्य एसोसिएटस्, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय पनि गरेको जानकारी दिएको छ।
बैंकले आव २०७७ । ७८ मा एक खर्ब १० अर्ब ८० करोड रुपैयाँ निक्षेप परिचालन गरी ९८ अर्ब ३२ करोड रुपैयाँ खुद कर्जा प्रवाह गरेको छ।
साथै, उक्त आवमा कर तथा बोनस पछि १ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले जनाएको छ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा १ सय ३७ शाखा, १२ वटा एक्स्टेन्सन काउन्टर र १ सय १४ वटा एटीएम सञ्चालन गरी ग्राहकहरुलाई सेवा दिँदै आएको छ


















