Prakash Adhikari January 16, 2022

काठमाडौँ , २ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ६१ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार १ सय ३१ परीक्षणमा देशभरमा ४ हजार ९ सय ६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ५ सय ६२ जनाको पीसीआर परीक्षणमा ५ हजार ५ सय ३४ र २ हजार ५ सय ६९ को एन्टिजेन परीक्षण गर्दा ४ सय २७ लाई कोरोना संक्रमण देखिएको हो ।

आजका संक्रमित थपिएसंगै नेपालमा कूल सक्रिय संक्रमितको संख्या २५ हजार ६ सय ८० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार ५ सय भन्दाबढी सक्रिय संक्रमित हुने जिल्लाहरुको संख्या ९पुगेको छ । जसमा मोरड.,सुनसरी,काठमाडौं,भक्तपुर,ललितपुर, चितवन,रुपन्देही,कास्की र कैलाली छन्। त्यस्तै २ सय भन्दाबढी सक्रिय संक्रमित हुने जिल्लाहरुमा झापा,धनुषा,मकवानपुर,काभ्रे,नवलपरासी पूर्व र बाँके रहेका छन् ।

यस्तै विगत २४ घण्टामा ४ सय ३५ संक्रमित निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

२४ घण्टामा ५४ हजार ३ सय १२ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ

Share Now

Leave a comment.