Prakash Adhikari January 20, 2022

काठमाडौं, ६ माघ । इण्डियन आयल कर्पोरेशनले जनवरी १६ देखि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेर पठाएपछि आफ्नो नोक्सानी कम गर्न नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

निगमले बुधबार रातिबाट लागूहुनेगरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

निगमले बढाएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ३९ रुपैयाँ पुगेको छ । यस्तै डिजेल १ सय २२ र मट्टितेल १ सय २२ रुपैयाँ पुगेको छ ।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य पनि बढाएको छ । प्रतिलिटर ५ रुपैयाँले बढेर हवाई इन्धन १ सय ६ रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १ सय अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी कायम गर्ने निर्णय गरिएको छ ।

एलपी ग्यासको मूल्यलाई भने यथावत राखिएको निगमले जनाएको छ ।

 

Share Now

Leave a comment.