Prakash Adhikari January 27, 2022

काठमाडौंं, १३ माघ । साताको अन्तिम दिन नेपालको शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ ।

यस दिन शेयर बजार परिसूचक ३.३३ अंकले बढेर २७७९.९८ मा रोकिएको छ । यो बुधबारको तुलनामा शून्य दशमलव १२ प्रतिशतको बढोत्तरी हो ।

यस दिन २ सय २४ कम्पनीको ६६ लाख ७५ हजार २ सय ३१ कित्ता शेयरको खरिदबिबक्रीबाट ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६ सय ८४ रुपैयाको कारोबार भएको छ ।

यस दिन नेपाल स्टक एक्सचेञ्जमा दर्ता भएका कम्पनीहरुको वर्गीकरणमा परेका १३ समूह मध्ये ७ समूहको परिसूचक बढेका छन भने ६ समूहको परिसूचक घटेका छन् । बिहिबार बैंकिड.०ं२४ प्रतिशतले, ब्यापार ०ं२४ प्रतिशतले, निर्जीबन बीमा १ं०५ प्रतिशतले, उत्पादन तथा प्रशोधन ०.४ प्रतिशतले, अन्य ०.८४ प्रतिशतले,लघुवित्त ०.१ प्रतिशतले, र लगानी समूहको शेयर मूल्य परिसूचक ०.५३ प्रतिशतले अघिल्लो कारोबारको तुलनामा बढेको छ ।

 

होटल एण्ड पर्यटनको परिसूचक ०.६९ प्रतिशतले, विकास बैंकको ०.४३ प्रतिशतले, जलविद्युतको ०.१७ प्रतिशतले, फाइनान्सलको ०.६१ प्रतिशतले ,जीवन बीमाको ०.०१ प्रतिशतले र म्युचुअल फण्डको ०.५८ प्रतिशतले घटेको छ ।

यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावर र विन नेपाल लघुवित्तको ९.९९ प्रतिशतले, सीईबीडी हाइड्रोपावरको ८.७१ प्रतिशतले,अजोड इन्स्योरेन्सको ७.२७ प्रतिशतले, एनआरएन इन्फ्रास्ट्रक्चरको ७.१६ प्रतिशतले ,पोखरा फाइनान्सको ५.१९ प्रतिशतले, सिटिजन म्युचुअल फण्ड २ को ३.९६ प्रतिशतले नबिल ब्यालेन्स फण्ड ३ को ३.८९ प्रतिशतले र मानुषी लघुवित्तको ३.७८ प्रतशतले शेयर मूल्य बढेको छ ।

Top Gainers

Symbol LTP % Change
As of 2022-01-27 15:00:00
BNHC 509.50 10.00
WNLB 1,338.20 10.00
CHDC 1,010.00 8.72
AIL 780.00 7.28
NRN 718.00 7.16
PFL 584.90 5.20
NMFBS 2,700.00 5.02
CMF2 10.50 3.96
NBF3 9.88 3.89
MLBS 1,453.00 3.79
View All

यस दिन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर ९.८० प्रतिशतले, सप्तकोशी विकास बैंकको ४.१३ प्रतिशतले,युनाइटेड इदि मर्दी हाइड्रो पावरको ३.९० प्रतिशतले नबिल इक्विटी फण्डको २.९६ प्रतिशतले, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किमल २.७६ प्रतिशतले,एनएमबी माइक्रो फाइनान्सको २.७३ प्रतिशतले,घलेम्दी हाइड्रोको २.११ प्रतिशतले, सानिमा इक्विटी फण्डको १.८८ प्रतिशतले, स्वाभिमान माइक्रो फाइनान्सको १.८५ प्रतिशतले,कर्णाली विकास बैंकको १.८२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

Top Losers

Symbol LTP % Change
As of 2022-01-27 15:00:00
EICPO 455.10 -9.81
SAPDBL 345.10 -4.14
UMRH 586.00 -3.90
NEF 10.80 -2.96
SIGS2 11.27 -2.76
NMBMF 1,061.20 -2.73
GHL 324.00 -2.11
SAEF 13.51 -1.89
SMFBS 1,961.00 -1.85
KRBL 430.00 -1.83
View All

साताको अन्तिम दिन नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २० करोड २ लाखको,नेपाल दूरसञ्चार कम्पनीको ११ करोड ४७ लाखको,अपि पावरको ११ करोड १७ लाखको शिखर इन्स्योरेन्सको १० करोड ९९ लाखको,आईएमई जनरल इन्स्योरेन्सको ९ करोड २५ लाखको,शिभम् सिमेण्ट्सको ८ करोड ६३ लाखको, जलविद्युत लगानी तथा विकास कम्पनीको ८ करोड ४४ लाखको ,अरुण भ्याली जलविद्युत कम्पनीको ८ करोड ३७ लाखको सीइडिबी हाइडोको ८ करोड ३२ लाखको र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ६ करोड ७१ लाखको कारोबार भएको छ ।

Top 10 Turnovers

Symbol Turnover Closing Price
As of 2022-01-27 15:00:00
NLICL 200,200,697.00 1,131.00
NTC 114,723,730.00 1,459.90
API 111,781,948.40 517.00
SICL 109,934,271.40 1,996.00
IGI 92,594,735.30 1,154.00
SHIVM 86,387,176.60 1,500.00
HIDCL 84,496,642.40 310.00
AHPC 83,771,017.20 499.90
CHDC 83,214,586.00 1,010.00
NLIC 67,133,100.50 1,652.00
View All
Share Now

Leave a comment.