Prakash Adhikari January 27, 2022

पोखरा(कास्की), १३ माघ । त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज बिहीवार भएको खेलमा मनाङले आर्मीलाई पेनाल्टीमा ३ का विरुद्ध ४ गोलले हराउदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो ।

खेलको नवौँ मिनेटमा मनाङले पेनाल्टी पाए पनि विमल रानाले गोल गर्न सकेका थिएनन् ।

मनाङले अहिलेसम्म ६ पटक आहा रारा गोल्डकपको उपाधि जितेको छ ।

मनाङले अब उपाधिका लागि पर्सि शनिवार सशस्त्र प्रहरीको एपीएफ क्लबसँग खेल्नेछ ।

बुधवार भएको खेलमा मच्छिन्द्र क्लबलाई एकका विरुद्ध तीन गोलले हराउँदै एपीएफ फाइनलमा पुगिसकेको छ ।

प्रतियोगिताको विजेता टोलीले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Share Now

Leave a comment.