Prakash Adhikari January 27, 2022

काठमाडौं, १३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

भेटवार्ता आज अपराह्न राष्ट्रपति भवन शीतलमा भएको हो ।

भेटका अवसरमा प्रधानमन्त्री देउवाले हिजो सम्पन्न राष्ट्रिय सभाको निर्वाचन, देशमा कोरोना सक्रमणको अवस्था र संक्रमण नियन्त्रणका लागि सरकारले गरिररहेका प्रयासहरु, संसदको चालु हिउँदे अधिवेशन र प्रतिपक्षको अवरोध तथा २०७९ मा गरिने स्थानीय तहको निर्वाचनको बारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको बताइएको छ ।

“सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीबीच अपराह्न ३ बजेदेखि करिब एकघण्टा भेटवार्ता भयो, यो नियमित भेट हो”, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भेटबारे  भन्नुभएको छ ।

Share Now

Leave a comment.