Prakash Adhikari March 10, 2018

हरारे(जिम्बाबे), २६ फागुन । दक्षिण अफ्रिकी राष्ट जिम्माम्बेमा भैरहेको आइसिसि विश्वकप छनोट खेलमा आज नेपाल र अफगानिस्तानको बीचमा कडा प्रतिस्पर्धा हुने भएको छ ।

खेल हरारे स्थित वुलावायो एथलेटस्  क्लबको वुलावायो क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार १ :१५ मा आरम्भ हुनेछ ।

अफगानिस्तानको टिमका विकेट किपर तथा ओपनिंग ब्याट्सम्यान मोहम्मद शह्जादलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आजको खेल समेत २ खेलको लागि निलम्बित गरेको र १६ बर्षिय स्पिनर मुजिब उर् रहमानलाईपनि कारबाही गरेपछि अफगानिस्तानको टीमको मनोबल खस्केको अवस्था छ ।

अफगानिस्तानले छनोट चरणमा खेलिने ४ खेल मध्ये ३ खेलमा पराजय ब्यहोरिसेको छ । नेपालले भने हालसम्मका दुई खेलमा पराजय व्यहोरेको छ, विश्वकप खेलिसकेका ती दुवै टीम यो समूहका बलिया टीम थिए । त्यसमध्ये स्कटल्याण्ड त आफूले खेलेका ३ वटा खेल सबैमा विजयी बनेर छनोट चरणको दोस्रो चरण सुपर सिक्समा स्थान सुरक्षित गरिसकेको छ ।

बिहीबारै भएको खेलमा हङकङले अफगानिस्तानलाई डिएल मेथडमा ३० रनले हराउँदै सुपर सिक्सको यात्रा बलियो बनाएको छ। प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको अफगानिस्तानलाई अब सुपर सिक्स पुग्न अरूकै खेलमा भर पर्नुपर्नेछ।अफगानिस्तान स्कटल्यान्ड, जिम्बावे र हंगकंगसँग पराजित भएको थियो।

दोस्रो स्थानको जिम्बावेले पनि दुबै खेल जित्दै ४ अंक जोडेको छ।

तेस्रो स्थानको हङकङको २ अंक भएको छ।

समूहमै नेपाल र अफगानिस्तानले अंक जोड्न सकेका छैनन्।

अब समूहमा जिम्बावे, नेपाल र हङकङले समान २–२ खेल खेल्न बाँकी छ।

अफगानिस्तान र स्कटल्याण्डको एक-एक खेल बाँकी छ।

जिम्बावेले दुई मध्ये कुनै १ खेल जिते सुपर सिक्समा स्थान पक्का गर्नेछ। नेपाल र हङकङ मध्ये दुवै खेल जित्ने मध्ये १ टिम सुपर सिक्समा पुग्नेछन्।

नेपालले अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ।

हङकङले नेपालसँग खेल्नुअघि जिम्बावेसँग भिड्नेछ।

नेपालसँग पराजित भएमा टेस्ट मान्यता प्राप्त अफगानिस्तान छनोट चरणबाट बाहिरिनेछ। तर, नेपाललाई पराजित गरे अफगानिस्तानको आशा बाँकी रहनेछ।

यसैले आजको खेल नेपाल र अफगानिस्तान दुवैको लागि गर वा मरको स्थितिमा उपस्थित भएको छ ।

अफगानिस्तानले नेपाललाई फराकिलो अन्तरमा हरायो र हङकङले दुबै खेलमा हारेमा मात्र अफगानिस्तान सुपर सिक्समा जाने संभावना रहन्छ । तर त्यो संभावना अब झिनो बन्दै गएको छ ।

अवका सम्भावना

नेपालले अब खेलिने अफगानिस्तान र हङकङ संगका खेलमा दुवै खेल जित्यो र हङकङ जिम्बाम्मेसँग पराजित भएमा नेपाल तेस्रो स्थान सुरक्षित गर्दै सुपर सिक्समा प्रवेश गर्नेछ । यो संभावना निकै बलियो छ ।

नेपाल सुपर सिक्समा प्रवेश गर्ने अर्को विकल्प पनि तयार छ । त्यसका लागि पनि नेपालले आज र आउने हंगकंगसंगको खेलमा भयंकर प्रदर्शन गर्नुपर्दछ ।
अब बाँकी खेलमा हङकङले जिम्बाम्बेलाई जिते पनि नेपालले हङकङ र अफगानिस्तानलाई दुबै खेल फराकिलो अन्तरमा जितेमा रन रेटका आधारमा पुग्न सक्छ।

नेपाल अफगानिस्तानसँग हारे पनि जिम्बाम्बेले हङकङलाई जितेमा नेपालले हङकङसँगको अन्तिम खेलमा फराकिलो अन्तरले जिते नेपाल रन रेटले पुग्न सक्छ।

नुर गिरेका छ, अफगानी टोलीको

अफगानिस्तानको टिमका विकेट किपर तथा ओपनिंग ब्याट्सम्यान मोहम्मद शह्जादलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषदले आगामी २ खेलको लागि निलम्बित गरेको र १६ बर्षिय स्पिनर मुजिब उर् रहमानलाईपनि कारबाही गरेपछि यो टीमको नुर गिरेको छ । मनोबल गुमाएको अफगानिस्तानी टीमले जिम्बाबेमा स्कटल्याण्ड, जिम्बाबे र हंगकंगसंग पराजयको सामना गरेको छ ।

शेहज़ादले अफगानिस्तानको जिम्बाबेसँगको रोमान्चक खेलमा १ डिमेरिट अंक पाएपछि अन्तिम २४ महिनामा ४ डिमेरिट अंकको साथमा उनलाई २ खेलमा निलम्बित गरिएको हो।सन् २०१६ को डिसेम्बमा युएई बिरुद्दको टी-२० खेलमा नराम्रो आचरण देखाउदा उनले ३ डीमेरिट अंक खेपेका थिए ।

अफगानिस्तानका १६ बर्षिय स्पिनर मुजिब उर् रहमानलाई बलिंगका दौरान बलले क्रिजमा रहेका ब्याट्सम्यानलाई खतरनाक साबित हुने गरि हानेको कारण कारबाही गरेको छ। आइसीसीकै धारा २.२.८ अनुसार रहमानलाई म्याच फिको ५० प्रतिशत जरिवाना र ३ डीमेरिट प्वाइन्ट समेत दिईएको छ।

आइसीसीको कारबाहीले नेपालसंग खेल्नै बाँकी रहेको हंगकंगलाई पनि छोडेको छैन् । हंगकंगका खेलाडी निजाकत खानलाई स्कटल्याण्डका खेलाडी एलेस्डर इभान्सले रन लिंदै गरेको बेला जानाजान काँधले हानेपछि म्याच फिको ५० प्रतिशत जरिवाना लगाएको छ। खानले पनि आफ्नो गल्ति स्वीकार गरिसकेका छन्।

जिम्बाबे र अफगानिस्तान बीचकै खेलमा अम्पायरको निर्णय नमान्दै अम्पायर प्रति खराब ब्यबहार देखाएको कारण जिम्बाबे खेलाडी ब्रेण्डन टेलरलाई आइसीसीको धारा २.१.५ अन्तर्गत म्याच फिको १५ प्रतिशत जरिवाना लगाएको छ। तर यो टोलीसंगको नेपालको प्रतिस्पर्धा सकिईसकेको छ ।

Share Now

Leave a comment.