बुलावायो,हरारे(जिम्बाबे),२६ फागुन । आईसीसी एकदिवसीय बिश्वकप छनौट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ।
महत्वपूर्ण खेलमा स्टार ब्याट्सम्यान शरद भेसावकर बिना नेपाली टिम मैदानमा हुनेछ। शरद ह्याम्सट्रिन्ग इन्जुरी का कारण आजको खेल गुमाउने ब्यबस्थापक रमन शिवाकोटीले बताएका छन्। यस्तै विकेट किपर ब्याट्सम्यान दिलिप नाथलाई आज अन्तिम ११ मा राखिएको छैन। शरद र दिलिपको सट्टा अन्तिम ११ मा करन केसी र अनिल साहले पहिलो पटक मौका पाएका छन्।
साहले विकेट किपरको भूमिका समेत निभाउनेछन्।
नेपालको अन्तिम ११
Gyanendra Malla , Anil Sah ( WicketKeeper ) , Paras Khadka ( Captain ) , Dipendra Singh Airee , Aarif Sheikh , Rohit Kumar , Sompal Kami , Basant Regmi , Karan KC , Sandeep Lamichhane , Lalit Rajbanshi
अफगानिस्तान अन्तिम ११
Afsar Zazai ( Wicket Keeper ) , Rahmat Shah , Mohammad Nabi , Rashid Khan ( Captain )
Gulbadin Naib , Sharafuddin Ashraf , Mujeeb Ur Rahman , Najibullah Zadran , Shapoor Zadran , Samiullah Shenwari , Javed Ahmadi
प्रतियोगितामा दुई खेल खेलेको नेपाल र तीन खेल खेलेको अफगानिस्तानले अहिलेसम्म जितको खाता खोल्न सकेका छैनन्।
सुपर सिक्स चरण पुग्दै एकदिवसीय मान्यता प्राप्त गर्ने लक्ष्य सहित जिम्बाबे पुगेको नेपालले आफ्नो पुरानो प्रतिद्वन्दीलाई पराजित गर्दै आशा जीवित राख्ने दाउमा छ ।