मस्कट(ओमान), २ फागुन । ओमान भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिम चतुष्कोणीय टी २० श्रृखलाको अन्तिम खेलको नतिजा आफ्नो पक्षमा पार्न असफल भएको छ ।
मस्कटको अलअमिरट क्रिकेट मैदानमा भएको खेलमा नेपाली टिम प्रतिष्पर्धी आयरल्यान्डसंग १६ रनले पराजित भएके हो ।
खेलमा टस हारेर ब्याटिड. गरेको आयरल्यान्डले दिएको १सय २८ रनको लक्ष्य नेपालले निर्धारित २० ओभरमा पूरा गर्न सकेन । उसले ९ विकेटको क्षतिमा जम्मा १ सय ११ रन मात्र जोड्न सक्यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २८, आसिफ शेखले २३, कुशल भूर्तेलले १५,कमल ऐरीले १३,कुशल मल्लले ९,लोकेश बमले ८, ज्ञानेन्द्र मल्लले ५, अविनास बोहोराले ३, सन्दीप लामिछाने, जितेन्द्र मुखिया र शरद भेषवाकरले एकएक रनको योगदान दिए ।
नेपाललाई रोक्ने क्रममा आयरल्याण्डका मार्क अदर,बेरि म्याककार्थि, एण्डी म्याक ब्रायन र सिमि सिंहले २।२ र कर्टिस क्याम्फरले एक विकेट लिए ।
यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आयरल्यान्ड २० ओभरको निर्धारित खेलमा १ सय २७ रन जोडेको थियो ।
आयरल्यान्डका लागि जर्ज डकरेलले २८,कर्टिस क्याम्फरले २०, एण्डि बलब्रेनले १९, लर्कन टकरले १५, सेन गेटकेटले १४, एण्डि म्याकब्रेनले ११, गेरेथ डेलनीले ९, मार्क अधेरले ७, पौल स्टर्लिड.ले २ तथा सीमि सिंहले १ रन जोडेका थिए ।
आयरल्याण्डलाई रोक्ने क्रममा नेपालका दीपेन्द्रसिंह ऐरीले ४, अबिनास बोहोराले २ कमलसिंह ऐरी, जितेन्द्रमुखिया र सन्दीप लामिछानेले एक एक विकेट लिए ।
४ विकेट लिँदा २१ रन मात्र दिएका दीपेन्द्रसिंह ऐरी प्लेयर अफ द म्याच भए।
एक विकेट लिए पनि नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछाने टी २० अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो नेपाली बलर बने।
नेपालले शुक्रबारदेखि ओमानमै हुने टी २० विश्वकप छनोट खेल्नेछ। विश्वकप छनोटको पहिलो खेलमा नेपालले घरेलु टिम ओमानसँग खेल्नेछ।


















