Prakash Adhikari February 18, 2022

 

काठमाडौं, ६ फागुन । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

आजको बैठकमा अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी)संग नेपालको सडक विस्तार विद्युत प्रशारण लाईन निर्माणको लागि लिइने ६०अर्ब रुपैयाभन्दा बढीको अनुदान सहयोगसम्बन्धी संझौता छलफलका लागि प्रस्तुतहुन्छ कि हुँदैन भन्ने राष्ट्रिय चासो रहेको छ । नेपालका बामपन्थी दलहरुले बिनाकारण गरेको यसको विरोधका कारण यसमा अन्तर्राष्ट्रिय चासो पनि बढ्न गएको छ ।

नेपाली कांग्रेसले एमसीसी आज टेबुल गर्ने जनाएको छ । तर सत्ता गठबन्धनमा आज पेश गर्ने विषयमा सहमति जुटेको छैन ।

सहमतिको प्रयासमा आज बिहान दश बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो ।

गठबन्धनका नेताहरुबाट सहयोग पाउन सक्ने अवस्था नदेखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलको सहयोगको अपेक्षासहित एमाले अध्यक्ष के.पी. शर्मा ओलीको निवास बालकोट पुग्नुभएको थियो ।

यो संझौतालाई संसदमा पेश गर्ने निर्णय तात्कालीन प्रधानमन्त्री के.पी.शर्मा ओलीको बेलामा भएको थियो । उहाँको सरकारको पालामा यसको परियोजना कार्यान्वयन सम्झौता भएको थियो ।

Share Now

Leave a comment.