Prakash Adhikari February 18, 2022

मस्कट(ओमान), ६ फागुन । ओमानमा शुरु भएको विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा आयोजक ओमानसंग प्रतिस्पर्धा गरिरहेको छ।

टस हारेर ब्याटिड.मा उत्रिएको नेपाली टिमले आठौं ओभरको अन्त्यमा ३ विकेटको क्षतिमा ३९ रन जोडेको छ । नेपालले अनपेक्षित रुपमा ओपनर द्धय कुशल भूर्र्तेल र आशिफ शेखलाई सुरुमा नै गुमाउन पुगेको थियो ।

ओमानका बिलाल खानले फालेको पहिलो ओभरको अन्तिम बलमा ओमानका खबर अलीले क्याच गरेपछि ओपनर आशिफ शेख बाहिरिनु परेको थियो ।

त्यस्तै तेस्रो ओभरको चौथो बल फालेका बिलाल खानको बलमा प्रहार गरेका कुशल भूर्तेलको बल खबर अलीले नै क्याच गरेपछि उनी पनि ८ बलमा ५ रन बनाएर आउट भए ।

त्यसपछि खेललाई लयमा ल्याइरहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि सातौ ओभरको पाचौं बलमा फयाज भटबाट आउट भए । उनले १५ बलमा १५ रन बनाए । त्यसपछि खेल सम्हालेका दीपेन्द्रसिंह ऐरी पनि नवौं ओभरको तेस्रो बलमा १८ बलमा ११ रन बनाएर बाहिरिन बाध्य भए ।

अहिले १३ औं ओभर को अन्त्यमा र नेपालले ४ विकेटको क्षतिमा ६६ रन जोडेको छ ।

आजको खेलमा ब्याट्सम्यानहरु चौका र छक्का प्रहारको लड. सट लिने क्रममा चिप्लिएका छन् ।

बढी रन बनाउन मैदानमा टिकिरहनु पनि आवश्यक हुन्छ भन्ने ज्ञान नेपाली ब्याट्सम्यानहरुले आज बिर्सिएको जस्तो छ ।

शीर्ष ब्याट्सम्यानाहरुले देखाएको कमजोरी सुधारेमा नेपालको लागि यो खेलमात्र हैन अरु खेल जित्न पनि कठिन छैन किनकी नेपालको समूहमा फिलिपिन्स र क्यानडा जस्ता कमजोर राष्ट्र छन् ।

Share Now

Leave a comment.