Prakash Adhikari February 18, 2022

 

मस्कट(ओमान), ६ फागुन । ओमानमा जारी टी२० विश्वकप ग्लोबल क्वालिफायर अन्तर्गतको समूह बी को पहिलो खेलमा आयोजक राष्ट्र ओमानलाई ३९ रनले पराजित गरेको छ ।

खेलमा टस हारेर ब्याटिड.मा उत्रिएको नेपालले दिएको १ सय १८ रनको लक्ष्य ‌ओमानले हासिल गर्न सकेन ।उसले निर्धारित २० ओभरको खेलमा १७ ओभरमा अलआउट हुँदै ७१ रन मात्र जोड्न सक्यो ।

खेलमा ओमानका लागि मध्यक्रमका नासिम खुसीले २४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । जतिन्दर सिंह र अरिम कलिमले समान ९ । ९, खवार अलीले ७ रनमात्र बनाउन सके ।ओमानको लागि फैयाज बटले ६ रन, कलिमूल्लाहले ५,आयान खानले ३,जिसन मक्सूदले २ र सोयब खानले एक रनको योगदान गरे ।

ओमानलाई रोक्न ब्याटिड.मा पनि उत्कृष्ट योगदान गरेका नेपालका कमल सिंह ऐरीले ३ विकेट, कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान २ । २ विकेट तथा अविनाश बोहरा र जितेन्द्र मुखियाले १ ।१ विकेट लिए ।

यसअघि ओमानको अल अमिरात रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कप्तान सन्दीप लामिछाने र लोकेश बमले समान १६ । १६ रन बनाए । खेलमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ले १५, दीपेन्द्र सिंह ऐरीे ११,विवेक यादवले ७,कुशल भूर्तेले ५, आशिफ शेखले ४ र कमल ऐरीले एक रनको योगदान दिए ।

ओपनिड. ब्याट्सम्यान आसिफ शेख पहिलो ओभरमै ४ रनको व्यक्तिगत स्कोरमा आउट भएर तेस्रो ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ५ रनको स्कोरमा आउट भएपछि नेपालमा मनोवैज्ञानिक दवाव बढेको थियो ।

दुवैलाई ओमानका तीव्र बलर विलाल खानले क्याच आउट गराएका थिए।

त्यसपछि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १५ रन जोडेर आउट हुँदा नेपाल झन दवावमा रह्यो ।

तर धैर्यपूर्वक मध्य क्रमका ब्याट्सम्यानहरुले नेपालको स्कोर १०० कटाए ।

नेपाललाई रोक्ने क्रममा ओमानका खवार अलीले ३ र विलाल खानले २ विकेट लिए । साथै फयाज बुट र जिसन मुक्सुदले १ । १ विकेट लिए ।

तुलनात्मक रुपमा कम योगफल जोडेको नेपालले दिएको लक्ष्य ओमानले पूरा गर्न सकेन । नेपालका बलरहरु चम्केपछि नतिजा नेपालको पक्षमा पर्यो ।

समूह बी मा रहेका चार टिममध्ये तुलनात्मक रुपमा बलियो मानिएको ओमानलाई जितेकोले नेपाल समूह चरणबाट सेमी फाइनलमा पुग्ने संभावना बलियो भएको छ ।

नेपालले समूहको आफ्नो दोस्रो खेल भोलि (शनिबार) फिलिपिन्ससँग खेल्नेछ ।

Share Now

Leave a comment.