Prakash Adhikari February 26, 2022

किभए(युक्रेन), १४ फागुन(बीबीसी)। युक्रेनको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेना युक्रेनको राजधानी किएभको बाहिरी भेगमा आइसेकोले आज राष्ट्र रक्षाको लागि निर्णायक युद्ध हुन सक्ने बताउनुभएको छ ।

रुसी सेनाको आक्रमणपछि आफ्ना सैनिकहरुको मनोबल बढाउन ब्यारेक ब्यारेक भ्रमणमा निस्कनुभएका राष्ट्रपति जेलेन्स्कीले रुसी सेनालाई भन्नुभएको छ, युक्रेनीहरु आफ्नो राष्ट्रको बचाउको लागि बलिदान दिन तयार छ । युद्धको मैदानमा तिमीहरुले कसैको पिठ देख्न पाउने छैनौ । सबै तिमीहरुलाई परास्त गर्न अगाडि बढेको देख्ने छौ ।

यसैबी संयक्त राज्य अमेरिकाले रुसको आक्रमणबाट युक्रेनी राष्ट्रपतिलाई बचाएर उद्धार गर्न चाहेको खबर सार्वजनिक भएपछि उहाँले आफू देशको लागि लडेर मर्न तयार रहेको लुकेर भागेर नहिड्ने बताउनुभएको छ ।

रुसले आक्रमणकारी किएभतिरको घेरा साँघुरो पार्दै गएको भएपनि युक्रेनले मुख्य सहरहरूमा आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ ।रुसी सेनालाई विभिन्न मोर्चामा युक्रेनी सुरक्षाकर्मीले प्रतिकार गरेको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ ।

किएभमा रात्रि कर्फ्यू लगाइएको थियो भने ठूलो सङ्ख्यामा मानिसहरूले मेट्रो स्टेशनमा आश्रय लिएका थिए ।

यूक्रेनको समाचार एजेंसी इंटरफैक्सले प्रसारित गरेको समाचारमा किभएको सडकमा युद्ध सुरु भएको छ । प्रशासनले नागरिकहरुलाई घरभित्रै सुरक्षित रहन र झ्याल तथा बार्दलीबाट सडकतिर नहेर्न र बाहिर ननिस्कन आग्रह गरेको छ ।

राष्ट्रसंघ महासचिवद्धारा रुसीलाई फर्कन आग्रह

यूक्रेन संकटयूक्रेन संकट

संयुक्त राष्ट्र सुरक्षा परिषदमा यूक्रेनमाथि रूसद्धारा गरिएको आक्रमणको निन्दा गर्ने प्रस्ताव छलफलका लागि लगिएको थियो तर रूसले आफ्नो भिटो प्रयोग गरेर यसमा छलफल गरी निर्णय हुन दिएन ।

यूएन

यसको केही समयपछि संयुक्त राष्ट्र महासचिव एंटोनियो गुटेरेस ने यूक्रेनमा आक्रमण गरिरहेको रुसलाई आफ्ना सैनिक फिर्ता बोलाउन अपिल गर्नुभएको छ ।

गुटेरेसले भन्नुभएको छ, “शान्तिको लागि एक अवसर दिनुपर्दछ ।”

संवाददाताहरुसंग बोल्दै उहाँले भन्नुभएको छ, “हामी निराश हुनुहुँदैन । शान्तिको लागि थप एक मौका दिनुपर्दछ । सैनिकलाई आफ्नो ब्यारेकमा पठाउनुपर्दछ । साथै नेताहरुले शान्ति कायम गर्न आपसी वार्तामा बस्न जरुरी छ ।”

सर्वसाधरणले पनि उठाए हतियार

यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आउदा केही घण्टामा रुसी सेनाले राजधानी किएभमा भीषण आक्रमण गर्न सक्ने चेतावनी दिनुभएको छ ।

उहाँले राष्ट्रका नाममा संबोधन गर्दै नागरिकहरुलाई उच्च मनोबल बनाएर राख्न अनुरोध गर्नुभयो । उहाँले शत्रुहरुलाई परास्त गर्न नागरिकहरुलाई आग्रह गर्नुभएके छ । उहाँले लडाईको मैदानमा जान चाहने नागरिकलाई सरकारले बन्दूक उपलब्ध गराउने पनि बताउनुभएको छ ।

राजधानी किएभमा हतियारका पसलमा बन्दूक तथा हथियार लगभग सकिएका छन् । नागरिकहरु आफ्नो घर, परिवार र आफ्नो जीवन सुरक्षाका लागि लडन तयार भएका छन्।

यूक्रेन

यूक्रेनका हजारौ नागरिकहरु युद्ध तथा रूसी सेनाबाट बच्नका लागि छिमेकका पोलैंड, रोमानिया, हंगरी और स्लोभाकियामा शरण लिन पुगेका छन् ।

यसैबीच नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले ब्रसेल्समा एक पत्रकार सम्मेलन गर्दै रूसले यूरोप में शांति भंग गरेको आरोप लगाउनुभएको छ ।

उहाँले सदस्य राष्ट्रहरुको सुरक्षाको लागि नेटो सेनालाई ज़मीन, समुद्र और वायु क्षेत्रमा तैनाथ गरिएको र कुनै पनि आकास्मिक घट्नाको जवाफ दिन अमेरिका, क्यानडा र यूरोपेली सहयोगीहरुले गठबन्धनको पूर्वी क्षेत्रमा हजारौ सैनिक तैनाथ गरेको बताउनुभएको छ ।

जेन्स स्टोलटेनबर्गले भन्नुभएको छ, ” हामीसंग ३० भन्दा धेरै स्थानमा १०० भन्दा बढी जेट छन् ।भूमध्य सागरसम्म १२० भन्दाबढी जहाज छन् ।हामी हरेक सहयोगी र नेटो सदस्य राष्ट्रको हर इञ्ज जमिनको सुरक्षाको लागि जो गर्न पर्दछ, त्यो गर्न तयार छौ ।”

Share Now

Leave a comment.