Prakash Adhikari February 26, 2022
किएभ(युक्रेन),१४ फागुन(बीबीसी) । युक्रेनमा रुसी आक्रमणको तेस्रो दिन युक्रेन सरकारले राजधानी किएभका चोकहरूमा सङ्घर्ष जारी रहेको बताएको छ।

रुसी सैनिकहरू किएभनजिकै आइपुग्दा बिहानबाटै किएभका विभिन्न ठाउँबाट विस्फोटनका विवरणहरू प्राप्त भएका छन्।

केही आवासीय क्षेत्रहरू पनि आक्रमणमा परेका छन्।

राजधानीतर्फ केन्द्रित हुँदै गरेका रुसी सेनालाई रोक्न युक्रेनले सेना परिचालन गरेको छ भने नागरिकहरूलाई हतियार वितरण गरिएको छ।

किएभमा हतियार निरीक्षण गर्दै नागरिक स्वयंसेवकहरू

किएभमा हतियार निरीक्षण गर्दै नागरिक स्वयंसेवकहरू

युक्रेनी राष्ट्रपतिले युक्रेन छोडेर सुरक्षित स्थानमा जान गरिएको अमेरिकी प्रस्ताव अस्वीकार गरेको विवरण प्राप्त भएको छ।

उहाँ आफैँ किएभका सडकमा देखा पर्नुभएको छ। उहाँले युक्रेनको प्रतिरक्षा गरिने वाचा दोहोर्‍याउनुभएको छ।

युक्रेनले सम्भावित सबै उपाय अवलम्बन गरेर रुसी सैनिकहरूको प्रतिकार जसरी सकिन्छ त्यसरी गर्न किएभवासीलाई आग्रह गरेको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफैँले खिचेको भिडिओ ट्विटरमा प्रेषित गर्दै आफूले सेनालाई रुससँग आत्मसमर्पण गर्न आह्वान गरेको भन्ने अफवाहको खण्डन गर्नुभएको छ।

त्यस्तो अफवाहलाई निस्तेज पार्न उहाँ पनि किएभका सडकमा आफैँ गएर त्यस्तो सन्देश दिनुभएको छ।

युक्रेनी राष्ट्रपतिले युक्रेनको प्रतिरक्षा गरिने वाचा दोहोर्‍याएका छन्।

“मैले सेनालाई हतियार बिसाउन भनेको तथा ठाउँ छोड्ने क्रम सुरु भएको जस्ता निकै मिथ्या सूचनाहरू अनलाइनमा छन्,” उनले भने,”म यहीँ छु। हामी हतियार बिसाउँदैनौँ। हामी हाम्रो राष्ट्रको प्रतिरक्षा गर्छौँ।”

उनको उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई जेलेन्स्कीले अस्वीकार गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

“लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ, कुनै सवारी होइन,” अमेरिकी समाचारसंस्था एपीले वार्तालापबारे जानकारी भएका एक वरिष्ठ गुप्तचर अधिकारीलाई इङ्गित गर्दै जेलेन्स्कीले त्यसो भनेको जनाएको छ।

द वाशिङ्टन पोस्टले पनि अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको जनाएको छ।

रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।किएभमा रुसी आक्रमणबाट क्षतिग्रस्त एउटा आवासीय क्षेत्रबाट सुगालाई सुरक्षित स्थानमा लग्दै युक्रेनी प्रहरीहरू

किएभमा रुसी आक्रमणबाट क्षतिग्रस्त एउटा आवासीय क्षेत्रबाट सुगालाई सुरक्षित स्थानमा लग्दै युक्रेनी प्रहरीहरू
हवाई आक्रमण हुने चेतावनी पाएपछि भूमिगत आश्रयस्थलतिर जाँदै मानिसहरू
हवाई आक्रमण हुने चेतावनी पाएपछि भूमिगत आश्रयस्थलतिर जाँदै मानिसहरू
हतियारसहित युक्रेनी स्वयंसेवक

तस्बिर स्रोत,REUTERS

आराम गर्दै नागरिक स्वयंसेवी

तस्बिर स्रोत,REUTERS

किएभमा हजारौँ नागरिक स्वयंसेवकलाई बन्दुक दिइएको छ
किएभमा हजारौँ नागरिक स्वयंसेवकलाई बन्दुक दिइएको छ
युक्रेनका नागरिक स्वयंसेवकहरू

तस्बिर स्रोत,REUTERS

एक नागरिकको घरमा खेलौनासँगै बन्दुक
एक नागरिकको घरमा खेलौनासँगै बन्दुक
किएभको सडकमा हिँड्दै एक युक्रेनी सशस्त्र सुरक्षाकर्मी
किएभको सडकमा हिँड्दै एक युक्रेनी सशस्त्र सुरक्षाकर्मी
बम आक्रमणबाट जोगिन मानिसहरूले किएभमा भूमिगत रेल स्टेशन र बम शेल्टरम आश्रय लिइरहेका छन्,
बम आक्रमणबाट जोगिन मानिसहरूले किएभमा भूमिगत रेल स्टेशन र बम शेल्टरमा आश्रय लिइरहेका छन्

रुसी सेनाले प्रहार गरेका क्षेप्यास्त्रहरूले आवासीय क्षेत्रमा पनि क्षति पुर्‍याएका छन्।

किएभमा एउटा क्षतिग्रस्त भवन नियाल्दै युक्रेनी सैनिकहरू
एउटा क्षतिग्रस्त भवन नियाल्दै युक्रेनी सैनिकहरू
बम शेल्टरमा सर्वसाधारणहरूले आफूसँगै आफूले घरमा पालेका कुकुर, बिरालो र खरायो पनि लगेको देखिन्छ
बम शेल्टरमा सर्वसाधारणहरूले आफूसँगै आफूले घरमा पालेका कुकुर, बिरालो र खरायो पनि लगेको देखिन्छ
किएभको मेट्रो स्टेशनमा आश्रय लिइरहेका दुई व्यक्ति

तस्बिर स्रोत,REUTERS

किएभबाट उद्धार भएर जानेहरू रेलको प्रतीक्षामा
किएभबाट उद्धार भएर जानेहरू रेलको प्रतीक्षामा
मानिसहरू युक्रेनबाट हंगेरीतर्फ लागेका छन्
मानिसहरू युक्रेनबाट हङ्गेरीतिर लागेका छन्

 

Share Now

Leave a comment.