Prakash Adhikari February 26, 2022

बालकोट(भक्तपुर), १४ फागुन । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी दल नेकपा एमालेबीचको वार्ता विना निष्कर्ष सकिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा दुवै दलका नेताहरु आआफ्नै अडानमा रहेपछि बैठकमा कुनै ठोस निर्णय नभएको नेताहरुले बताएका छन् ।

बैठकमा सहभागी कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आजको बैठकले कुनै निर्णय नगरेको र छलफल जारी रहने बताउनुभयो।

शनिबारको छलफलमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुभएन ।

एमाले महासचिव शंकर पोखरेलका अनुसार एमसीसी सम्झौता अनुमोदनमा कांग्रेसले एमालेको साथ खोजेको छ ।

 

तर एमसीसी सम्झौता सरकारले ल्याएको प्रस्ताव भएकाले पहिले सत्तारुढ गठबन्धनको साझा धारणा आउनुपर्ने आफूहरुले बताएको उहाँले जिकीर गर्नुभयो । ‘जसले प्रस्ताव टेबल ग¥यो, उसले पहिले आफ्नो दृष्टिकोण सार्वजनिक गर्नुपर्‍यो’ महासचिव पोखरेलले भन्नुभयो ।

Share Now

Leave a comment.