Prakash Adhikari March 4, 2022

 

किएभ(युक्रेन), २० फागुन(बीबीसी) । रुसी सैनिकहरूले जापोरिज्या परमाणु ऊर्जा केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले बताएका छन्।

ूकर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन्,ू एउटा स्थानीय निकायले सामाजिक सञ्जालमा उल्लेख गरेको रोएटर्स समाचारसंस्थाले जनाएको छ।

उक्त निकायका अनुसार स्टेशनका कर्मचारीहरूले कामलाई निरतन्तरता दिइरहेका छन्।

रुसले प्रहार गरेको एउटा बम विस्फोट हुँदा युरोपकै सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगो लागेको थियो।

युक्रेनको आपत्कालीन सेवा प्रदान गर्ने निकायले जापोरिज्यास्थित परमाणु ऊर्जा केन्द्रमा लागेको आगो निभाएको पुष्टि गरेको छ।

त्यसबाट उक्त क्षेत्र र अन्यत्र पनि ठूलो राहत महसुस भएको छ।

शुक्रवार सबेरै युक्रेनले रुसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो लागेको जनाएको थियो।

ऊर्जा केन्द्रको मुख्य संरचनामा प्रभाव नपरेको भए पनि तत्काल ननिभाइए आगो फैलिन सक्ने डर बढेको थियो।

युक्रेनी पक्षले पहिला आफूलाई त्यहाँ जान रोकिएको बताएको थियो।

तर बिहान ५ः२० बजे दमकलका कर्मचारीहरूले आगो निभाउन सुरु गरेका थिए।

युक्रेनको आपत्कालीन सेवाले एक घण्टाजतिमा आगो निभाइएको जानकारी सामाजिक सञ्जालमा दिएको छ।

अग्नि समन

युक्रेनको आपत्कालीन सेवाले जापोरिज्या परमाणु ऊर्जा केन्द्रमा लागेको आगो निभाइएको जनाएको छ।

सामाजिक सञ्जालमा लेख्दै स्टेट इमर्जन्सी सर्भिसले बिहान ६ः२० बजे जापोरिज्या परमाणु ऊर्जा केन्द्रको तालिम भवनमा लागेको आगो निभाइएको जानकारी दिएको हो।

उसका अनुसार उक्त आगलागीमा कोही पनि परेको छैन।

रुसी आक्रमणका कारण युरोपको सबैभन्दा ठूलो उक्त परमाणु ऊर्जा केन्द्रमा आगलागी भएको थियो ।

विस्फोटपछि मालवाहक पानीजहाज डुब्यो

युक्रेनको समुद्री तटमा एउटा विस्फोटपछि एउटा मालवाहक पानीजहाज डुबेको छ।

सो जहाजका मालिक रहेका इस्टोनियाका व्यक्तिले त्यसबारे जानकारी गराउनुभएको हो।

विस्फोट कसरी भयो भन्नेबारे अहिलेसम्म थाहा हुन सकेको छैन।

जहाजका मालिकले युक्रेनको स्थानीय राहत सेवाले चालकदलका दुई सदस्य र अन्य चार जनाको उद्धार गरेको पनि बताउनुभएको छ।

उक्त जहाज केही दिनअघि दक्षिणी बन्दरगाह चोर्नोमोर्स्कबाट बाहिरिएपछि ओडेसानजिकै युक्रेनको तटमा पार्क गरिएको थियो।

 

Share Now

Leave a comment.