Prakash Adhikari March 12, 2018

काठमाडौं, २८ फागुन । राष्ट्रियसभा अध्यक्षका लागि सोमबार उम्मेदवारी मनोनयन दर्ता हुँदैछ।

संसद भवन नयाँ वानेश्वरमा सोमबार बिहान १० देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ।

फागुन ३० गते अध्यक्ष पदाका लागि निर्वाचन हुने कार्यतालिका रहेको छ।

उम्मेदवारमाथिको दाबी विरोधपछि दिउँसो १ः३० बजे अन्तिम नामावली प्रकाशन गरिने संसद सचिवालयले जनाएको छ।

राष्ट्रियसभामा एमालेका २९, कांग्रेस र माओवादीका समान १३ तथा संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका दुई दुई गरी ५९ सदस्य रहेका छन्।

Share Now

Leave a comment.