Prakash Adhikari March 12, 2018

हरारे(जिम्बाबे), २८ फागुन । विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा आज अपरान्ह हंगकंगसंग प्रतिस्पर्धा गर्दैछ।

समूह ‘बि’ को अकंतालिकाको पुछारमा रहेको नेपाललाई सुपर-सिक्समा पुग्न र अन्तर्राष्ट्रिय एकदिवसीय राष्ट्को मान्यता पाउन यो खेल जित्नै पर्ने दबाब छ।

तीन खेलमा तीन वटै हार बेहोरेको नेपाललाई सुपर- सिक्समा छनोट हुन जीत मात्र पर्याप्त छैन, नेट रनरेट गतिलो बनाउन पनि उत्तिकै आवश्यक देखिन्छ।

एकदिवसीय मान्यताको सम्भावना

स्कटल्याण्ड सुपर सिक्स प्रवेश गर्दै एकदिवसीय मान्यता पाउने निश्चित गरिसकेको छ भने नेदरल्याण्ड बिश्व क्रिकेट लिग च्याम्पियनसिपको बिजेताको रुपमा एकदिवसीय मान्यता पाउने आईसीसीले घोषणा गरिसकेको छ।

बिश्वकप छनौटको उत्कृष्ट ३ एसोसिएट राष्ट्ले एकदिवसीय पाउने घोषणा आईसीसीले प्रतियोगिता अघि गरेको थियो यस कारण नेदरल्याण्ड र स्कटल्याण्ड पछि अब को एकदिवसीय रास्ट्र हुने भन्ने निर्क्यौल हुन बाँकी छ।

यदी हंगकंगले नेपाललाई पराजित गरे हंगकंग सुपर सिक्स चरण प्रवेश गर्नेछ र एकदिवसीय रास्ट्रको मान्यता पनि पाउनेछ।

हंगकंगलाई नेपालले आजको खेलमा पराजित गर्यो र नेट रनरेटमा हंगकंगलाई पछि पार्दै नेपाल समुह ‘बि’ को अंकतालिकामा चौथो टिमको रुपमा प्ले अफमा पुगेमा समुह ‘ए’ को अन्तिम स्थान रहेको टिम पपुवा न्यु गिनीको सामना गर्नेछ।

यदी पपुवा न्यु गिनीलाई नेपालले पराजित गर्नसके सातौँ स्थानको लागि खेल्न पाउनेछ। यदी अर्को प्ले अफमा हंगकंगलाई समुह ‘ए ’ को चौथो टिम ( सम्भवत नेदरल्याण्ड ) ले पराजित गरेको खण्डमा नेपालले एकदिवसीय मान्यता पाउनेछ।

नेदरल्याण्डसंग एकदिवसीय मान्यता हुनाले हार र जितले नेपाललाई फरक पर्दैन र आठौ स्थान हाँसिल गरे पनि नेपालले एकदिवसीय मान्यता पाउनेछ।

आज हंगकंगलाई पराजित गरे हंगकंग पनि प्लेअफ खेल्न पुग्छ। प्ले अफमा हंगकंगले पनि पहिलो जित हात पार्यो भने र नेपालले पनि प्लेअफमा जित हाँसिल गर्यो भने नेपालले सातौँ स्थानको लागि खेलमा हंगकंगलाई पराजित गरे मात्र एकदिवसीय मान्यता पाउनेछ।

सबै विश्लेषण गर्दा सुपर सिक्स चरण पुग्ने सम्भावना कमजोर देखिएपनि एकदिवसीय राष्ट्र्रको मान्यता पाउन भने नेपाललाई तुलनात्मक रुपमा सहज छ।
नेपालले हारको शिलशिला तोड्नुपर्छ

Share Now

Leave a comment.