Prakash Adhikari March 12, 2018

काठमाडौं,२८ फागुन । वंगालादेशबाट काठमाडौं आएको यूएस बंगाला एअरलाइन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनाग्रस्त भएको छ ।

दुर्धनाग्रस्त विमानमा चालक दलका सदस्य सहित ७१ जना यात्रु रहेका थाहा भएको छ ।

दुर्घटनाग्रस्त विमानबाट १४ जना यात्रुहरुको उद्धार गरी अस्पताल पठाएको छ ।

प्रत्यक्षदर्शीहरुका अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अवतरणका क्रममा रनवेबाट चिप्लिएर दुर्घटनाा हुन पुग्यो । विमानमा अहिले विमानमा आगो लागेको छ । आगो नियन्त्रणमा आइसकेको छैन् ।

नेपाली सेना,नेपाल प्रहरी र अग्निनियन्त्रकहरुको मद्दतमा उद्दार कार्य जारी छ ।

विमान दुर्घटनापछि त्रिभुवन विमानस्थलमा जहाजहरुको उडान तथा अवतरण रोकिएको छ ।

विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार दुर्घटनामा परेको विमानमा यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

Share Now