Prakash Adhikari April 10, 2022

काठमाडौं, २७ चैत्र । नेपालको क वर्गको वाणिज्य बैंक नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक)ले आफ्ना ग्राहकलाई अनलाईन सामान खरिदमा छुटको सेवा दिने संझौता गरेको छ ।

बैंकले र दराज अनलाइन सपिङसंग नेपाली नयाँ वर्ष २०७९ अवसरमा अनलाइन सपिङ्गगर्दा छुट प्रदानगर्ने सम्बन्धी सम्झौता गरेको हो ।

संझौता अनुसार बैंकका ग्राहकहरुले दराजबाट अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्ने भएका छन् ।

बैंकका ग्राहकलाई सामान खरिदमा छुट दिने सम्झौतापत्रमा बैंककातर्फबाट नायव महाप्रबन्धक मुकुन्द सुवेदी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गर्नुभएको छ ।

बैंकको कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँवर्षको उपलक्ष्यमा हुन लागेको नववर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिनदेखि सिमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु १,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु १,५०० सम्मको छुट प्राप्त गर्नसक्ने छन् ।

उक्त छुट प्राप्तगर्नको लागिग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ । ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि तुरुन्तै आवेदन दिन बैंकले अनुरोध गरेको छ ।

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँवर्षमा सजिलोसगँ घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर प्रदान गर्नु रहेको बैंकले जनाएको छ ।

देशैभर शाखा सञ्जाल रहेको एनसीसी बैंकले ७ वटै प्रदेश गरी १ सय ३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र १ सय १४ एटीएममार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्षदेखि आम नागरिकमाझ निरन्तर विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्दै सामाजिक कार्यहरुमा पनि सक्रिय रुपमा सहभागी हुँदै आइरहेको छ ।

Share Now

Leave a comment.