Prakash Adhikari May 29, 2022

काठमाडौं, जेठ १५ गते । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९ ।८० का लागि कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपियाँको बजेट संघीय संसदमा प्रस्तुत गर्नुभएको छ ।

आइतबार अपरान्ह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संघीय संसदभवनमा बसेको बैठकमा उहाँले बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेटमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड विनियोजन गरिएको छ ।

स्रोत जुटाउन सरकारले राजस्वमा १२ खर्ब ४० अर्ब ११ करोड लक्ष्य लिएको छ । सरकारले अपुग रकम मध्ये २ खर्ब ५६ आन्तरिक ऋण र ५५ अर्ब ४६ करोड वैदेशिक अनुदानबाट स्रोत जुटाउने बताएको छ ।

सरकारले चालु आर्थिक वर्षकालागि १६ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।

पूर्णपाठको लागि तल क्लिक गर्नुहोस्ः

बजेटको आर्थिक बर्ष २०७९/८० को बार्षिक बजेट

 

Share Now

Leave a comment.