Prakash Adhikari June 28, 2022

 

काठमाडौं, १४ आषाढ । नेपाल क्रिकेट संघले आईसीसी लिग २ का त्रिदेशीय श्रृखला खेल्नका लागि स्कटल्याण्ड र त्यसैको तयारीको लागि क्यानडामा एक दिवसीय श्रृखला खेल्न जाने नेपाली टिमलाई सोमबार बिदाई कार्यक्रमको आयोजना गरेको छ ।

बिदाई कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिड., नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, संघका कार्यबाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशनकुमार सिंह, राष्ट्रिय खेलकुद परिषद्का सदस्य एकेन्द्र कुँवर र संघका कार्यकारी सदस्य बीरेन्द्रबहादुर चन्द हुनुहुन्थ्यो ।

Image

संघले क्यानडा भ्रमण र स्कटल्याण्डको त्रिदेशीय श्रृखलाको लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेको नेतृत्वमा,उपकप्तान रोहित पौडेल,विकेट किपर आशिफ खेश र विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी,देव खनाल,आरिफ शेख,करन के.सी.,सोमपाल कामी,पवन सराफ,आदिल अन्सारी,बसिर अहमद र किशोर महतो रहेको १४ सदस्यीय टोली घोषणा गरेको छ ।

Image

नेपाल क्रिकेट संघले पूर्वाग्रहपूर्वक गरेको कारबाहीका कारण क्याप्टेन पद समेट गुमाएका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल यस पटकको टोलिमा समेत परेका छैनन् ।

नेपालले क्यानडाको किंगसिटी अन्टारियोमा जुलाई १ मा वार्मअप खेल खेल्ने छ भने जुलाई ४ र ५ मा एक दिवसीय खेल खेल्ने छ ।

त्यस लगत्तै जुलाई १० देखि आईसीसी लिग २ अन्तरगतको त्रिदेशीय श्रृखला स्कटल्याण्डमा सुरु हुने छ ।

त्यहाँ नेपालले जुलाई ११ र १६मा नामिबिया तथा जुलाई १३ र १७ मा स्कटल्याण्ड एक दिवसीय खेल खेल्नेछ ।

आइसीसी लिग २ मा नेपाल ७ देशमा पाँचौ स्थानमा छ । नेपालले यस श्रृखला अन्तरगत खेलिने ३६ खेलमा १६ खेल खेलिसकेको छ । त्यसमा ७ जित र ८ हार र एकमा बराबरी गरी १५ अंक हासिल गरेको छ ।

Teams Mat Won Lost Tied N/R Pts Net RR
Oman 36 21 13 1 1 44 0.039
Scotland 20 13 5 0 2 28 0.436
United Arab Emirates 22 12 8 1 1 26 0.214
United States of America 24 11 12 1 0 23 -0.050
Nepal 16 7 8 1 0 15 0.123
Namibia 14 7 7 0 0 14 0.096
Papua New Guinea 20 1 19 0 0 2 -0.856

 

 

 

 

Share Now

Leave a comment.