Prakash Adhikari June 28, 2022

 

टेक्सास(संयुक्तराज्य अमेरिका), १४ आषाढ(बीबीसी) । अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४६ जना आप्रवासी मृत फेला परेका छन् ।

जीवितै फेला परेकामध्ये चार बालबालिकासहित १६ जनालाई अस्पताल लगिएको छ ।

 

जिवितहरु तातोका कारण छुनै सक्ने अवस्थामा समेत नरहेको बताइएको छ । उनीहरुलाई तातोको स्ट्रोक भएकोसमेत बताइएको छ ।

लरी वरपर आपतकालीन उद्दारकर्ता परिचालन गरिएको छ । सान एन्टोनियोको दक्षिणपश्चिमी छेउमा रेल ट्र्याक नजिक लरी फेला परेको थियो ।

सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले घटनास्थलबाट हराएका लरी चालकलाई खोजी गरिरहेका छन् । सान एन्टोनियो अमेरिका–मेक्सिकन सीमाबाट लगभग २ सय ५० किलोमिटर टाढा छ ।

टेक्सासका गभर्नर ग्रेग एबोटले सो मृत्युको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोष दिनुभएको छ ।

उक्त घटना ‘घातक खुला सीमा नीतिको परिणाम’ भएको उहाँले दाबी गर्नुभएको थियो ।

 

मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले देशका कूटनीतिज्ञले घटनाबारे खोजी गरिरहेको तर पीडितको राष्ट्रियता अझै अज्ञात रहेको बताउनुभयो ।

मानिसहरू कसरी मरे भन्ने तुरुन्तै स्पष्ट हुन नसकेको र स्थानीय प्रहरीले सार्वजनिक रूपमा टिप्पणी गरेको छैन। सान एन्टोनियोको मौसम गर्मी महिनामा तातो हुन्छ । सोमबार त्यहाँको तापक्रम सोमबार ३९ दशमलब ४ डिग्री सेल्सियस थियो ।

Share Now

Leave a comment.