Prakash Adhikari June 28, 2022

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १४ आषाढ । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले असार १३ गतेबाट अमेरिकाको औपचारिक भ्रमण सुरु गर्नुभएको छ ।

उहाँले भ्रमणको क्रममा क्वान्टिको भर्जिनियास्थित मरिन कोर्प्सको राष्ट्रिय सङ्ग्रहालय र मरिनन कोर्प्स बेसको अवलोकन गर्नुभएको थियो ।

 

भ्रमणका क्रममा प्रधान सेनापति शर्माले मरिन कोर युद्ध लडाइँ प्रयोगशालाका कमाण्डि. जनरल, ब्रिगेडियर जनरल काइल बी एलिसनसँग छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।

यसैगरी, शर्माले क्वान्टिको भर्जिनियास्थित मरिन कोर कमाण्ड र स्टाफ कलेजको भ्रमण गर्नुभई उक्त कलेजको तालिमलगायत विविध पक्षका बारेमा जानकारी हासिल गर्नुभएको छ ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

असार १२ गते अर्थात् आइतबार अमेरिका आईपुग्नुभएका प्रधान सेनापति शर्माले सोही दिन अमेरिकाका लागि नेपाली राजदूत खत्रीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो ।

उहाँ संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ लेबनान र सिरिया मिसनको निरीक्षण भ्रमण सम्पन्न गरी अमेरिका प्रस्थान गर्नुभएको हो ।

 

Share Now

Leave a comment.